sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पठनपाठन र परीक्षा गतिविधि सञ्चालन गर्न बीपीका विद्यार्थीको माग

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १0:५६
पठनपाठन र परीक्षा गतिविधि सञ्चालन गर्न बीपीका विद्यार्थीको माग

विराटनगर । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी र चिकित्सक शिक्षकको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । नियमित रुपमा पठनपाठन सञ्चालन गर्न माग गर्दै प्रतिष्ठानका चिकित्सा विद्यार्थीहरु अनशनमा बसेका छन् ।

आवश्यक वातावरण बनाएर यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू रिले अनशनमा बसेका हुन् । उनीहरु विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा नारासहित अनशनमा बसेका छन् ।

विद्यार्थीहरुले पढ्न पाउने अधिकार हनन नगर्न भन्दै नियमित पठनपाठन सञ्चालन गरी परीक्षाका गतिविधि अघि बढाउन माग गरेका छन् ।

प्रतिष्ठानमा रहेका विद्यार्थीहरुको संस्था विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले मेडिकल शिक्षाजस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा हेलचेक्र्याइँ नगर्न आग्रह गरिएको बताए ।

बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै पछिल्लो पटक करिब एक महिनादेखि प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलित छन् ।

त्यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए । तर व्यवस्थापनले माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन भएको थियो । माग पूरा गर्ने र सहमति कार्यान्वयन गर्नेतर्फ प्रतिष्ठान व्यवस्थापन गम्भीर नभएको भन्दै उनीहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनका कारण चिकित्सा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै बिरामीको उपचार सेवा पनि प्रभावित बनिरहेको छ ।

प्रतिष्ठानमा उत्पन्न समस्या र तनावको अवस्था अन्त्य गर्न स्थानीय बासिन्दा, राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले कोशी प्रदेश सरकारदेखि संघीय सरकारसम्मको ध्यानाकर्षण गराउँदै आएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid