sweet bonanza
January 30, 2026 | शुक्रबार, माघ १८, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

बैशाखीमा मात्रै हिँडेर कांग्रेस कहीँ पुग्न सक्दैन् ः नेता रिजाल

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १६:५१
बैशाखीमा मात्रै हिँडेर कांग्रेस कहीँ पुग्न सक्दैन् ः नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले माओवादीको बैशाखी टेकेर सत्ताको मात्रै चिन्ता गरेर हिँडेको कांग्रेस कहीँपनि पुग्न नसक्ने बताएका छन् । उनले कुनै पुराना नेताले सत्ताको लागि कसैको बैशाखी नटेकेको उल्लेख गर्दै पार्टीलाई पुरानो कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।

शुक्रबार नेपाली कांग्रसको काठमाडौं जिल्ला सम्मेलनमा नेता रिजालले निर्वाचनको संवैधानिक व्यवस्थाका कारण कुनै दलले एक्लै सरकार बनाउने अवस्था नरहेको, पहिलो र दोस्रो ठूलो दल बनेको कांग्रेस–एमालेलाई तेस्रो दलले हल्लाइरहेको बताए ।

बाम गठबन्धनको निर्वाचनमा एमालेले जितेको सिट र अहिले सत्ता गठबन्धनका(माओवादी,कांग्रेस,नेकपा एस)ले मिलेर लडेको निर्वाचनमा कांग्रेसले जितेको सिटको दृष्टान्त दिँदै नेता रिजालले व्यवस्था नै चुनौति बनेको र तेस्रो दलको सहायताले कांग्रेस–एमालेले एक अर्कालाई तह लगाइरहेको बताए ।
उनले कांग्रेस दुईथरी बनेको भन्दै पुरानो कांग्रेस पार्टीको खोजी गरिनुपर्ने बताए ।

अघिल्लो पटकको निर्वाचनमा ओलीले देशभरीमा ११ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो पार्टी बनेको माओवादीलाई लिएर सय ठाउँमा चुनाव लड्दा ८० ठाउँमा जितेको तर आफूहरुले उही माओवादीलगायतकासँग मिलेर चुनाव लड्दा २३ सिटमा खुम्चिएको भन्दै रिजालले थपे, ‘योपाली हामीले उही ओलीले गरेको जस्तो गरेर काखीमा माओवादीलाई राखेर ओलीको भन्दा हाम्रो कम मत छ, अघिल्लो पटक भन्दा सात प्रतिशत मत कम पायौं । यस्तै बैशाखीमा हिँडेर कांग्रेस कहीँपनि पुग्दैन ।’

उनले पुराना कांग्रेस नेताले कसैलाई लिएर चुनाव नलडेको बताउँदै अब कांग्रेसले आफूलाई ऐनामा हेर्नुपर्ने अवस्था आइसकेको र पुनानो कांग्रेस बनाउन सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।

‘हिजो कुनै पनि नेताको पालामा बैशाखीमा कांग्रेस हिँडेको थिएन । बैशाखीमा हिँड्ने कांग्रेसले कांग्रेसलाई पुरानो कांग्रेस बनाउन सक्दैन । कांग्रेस पुरानो बनाउने हो, त्यो पुरानो कांग्रेस बनाउने बाटोमा यताकाले मात्रै होइन (मञ्च भन्दा बाहीर बस्ने) साथीहरुले पनि एकपटक गम्भीरतापूर्वक सोच्नुहोस । जिल्ला सम्मेलन खाली कुर्सीहरुले विचार राख्ने होइन । जिल्ला सम्मेलनले मन्थन गर्ने विषय खाली कुर्सीबाट प्राप्त हुने होइन । हरेक कांग्रेसले ऐनामा आफूलाई एकपटक हेर्नुपर्दछ,’ नेता रिजालले भने ।

रिजालले माओवादी नेतृत्वले धोका देलानकी भनेर चिन्ता गरेर बस्दा देशको विकास नुुहुने र सत्ताको मात्रै चिन्ता हुने उल्लेख गर्दै नयाँ नेतृत्वको खोजी गरिनुपर्ने बताए ।

‘आफ्नो सत्ताको मात्रै चिन्ता भएको कांग्रेसले कांग्रेस बनाउन सक्दैन ।’
उनले कांग्रेसभित्रको विग्रह, गुटबन्दी र उपगुटबन्दीको अन्त्य गर्न नसके आगामी चुनावमा कांग्रेसले हार ब्यहोर्नुपर्ने दाबी गरे ।
उनले भने,‘नयाँ बाटो खोजीगर्ने क्रममा साथीहरुले सबैले मत हाल्ने उम्मेदवार बनाऔं भन्नुभएको छ । कांग्रेस यति ठूलो विग्रहमा छ, यतिठूलो गुटबन्दीमा छ । हरेका मान्छेले अर्कालाई मान्दैन । गुटहरु मात्रै होइन हरेक गुटका उपगुटलाई सम्झिनुस उनीहरु पनि एक अर्कालाई टेर्दैनन् । यस्तो बेलामा कांग्रेसका सबै क्रियाशीलले मत हालेर उम्मेदवार छान्नुभयो भने जसको उम्मेदवार हार्ला त्यसले सहयोग गर्छ कि गर्दैनन् । कांग्रेसको गुटबन्दीलाई तलसम्म निर्मूल नगर्ने हो भने कांग्रेस फेरी चुनाव जित्दैन ।’

उनले कांग्रेसलाई विपी कोइरालाको पालामा जस्तो बनाउन कहिले सकिन्छ भन्दै प्रश्न गरे ।
‘हिजो विपी कोइरालाको बेलामा कांग्रेसको सभापति छानिन्थ्यो । उसले कार्यसमिति बनाउथ्यो । तर, कार्यसमितिलाई अनुमोदन महासमितिले गर्नुपर्थ्यो । महासमितिबाट अनुमोदन गराउन सक्छु भन्ने हिम्मत हुने नेताले केन्द्रीय समिति मनोनित गर्दथ्यो । त्यस्तो कांग्रेस कहिले बनाउन सकिन्छ ?’ नेता रिजालले चिन्ता व्यक्त गरे ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid