May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

१५.३३ अंकले बढ्यो नेप्से, ३ अर्ब ५८ करोड कारोबार

  • Rashila Bhandari
  • सोमवार, माघ २९, २०८० १६:३५
१५.३३ अंकले बढ्यो नेप्से, ३ अर्ब ५८ करोड कारोबार

काठमाडौं । साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ ।

१५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्ुदमा कायम भएको छ । उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा कम्पनीको सेयर किनबेच भएको छ । ५ कम्पनीका सेयर मूल्यमा सर्किट स्तरको बढोत्तरी छ । बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा उच्च बढोत्तरी भएको हो । १ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ छ । उच्च कारोबार भएकाको सूचीमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनआइसी एसिया बैंक, नेपाल इन्स्योरेन्स र सोनापुर मिनरल्स छन् । हिमालयन रिइन्स्योरेन्सको २३ करोड, एनआरएनको १६ करोड ३० लाख, एनआइसी एसिया बैंकको १३ करोड ७७ लाख, नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख र सोनापुरको १० करोड २७ लाखको सेयर कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये ४५ वटाको सेयर मूल्य घट्दा लगानीकर्ताले गुमाए पनि १९९ कम्पनीका सेयर लगानीकर्तालाई फाइदा भएको छ । ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

  • Rashila Bhandari
  • सोमवार, माघ २९, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।