May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सरकारले चाहे जसरी काम गर्न सकेको छैन : प्रधानमन्त्री

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १५:५३
सरकारले चाहे जसरी काम गर्न सकेको छैन : प्रधानमन्त्री
  • कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन गर्न तीन महिना लाग्यो 
  • बेलैमा कार्यान्वयन भएको भए अर्थतन्त्रमा परेको दबाब कम हुन्थ्यो 
  • कहिलेकाहीं क्याबिनेटका कुरा पनि तुरुन्तै कार्यान्वयन गर्न कठिन हुने 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न तीन महिना लागेको बताएका छन् । तीन महिनाअघि नै मन्त्रिपरिषद्ले कित्ताकाट खोल्ने निर्णय गरे पनि विभिन्न कारणले समयमा कार्यान्वयन हुन नसकेको भन्दै उनले बेलैमा कार्यान्वयन भएको भए अर्थतन्त्रमा परेको दबाब कम भइसक्ने दाबी गरे ।

बुधबार अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले मन्त्रिपरिषद्ले गरेका निर्णय पनि समयमा कार्यान्वयन गराउन नसक्ने परिस्थिति रहेको टिप्पणी गरेका हुन् ।

‘कहिलेकाहीं क्याबिनेटका कुरा पनि तुरुन्तै कार्यान्वयन गर्न कठिन भएको अनुभव गरेको छु । हिजो मात्र हामीले क्याबिनेटबाट कित्ताकाट सम्बन्धी निर्णय गरेका छौं । अर्थतन्त्रमाथि परेको अहिलेको दबाब हटाउने एउटा महत्वपूर्ण माध्यम हो भन्ने निजी क्षेत्रलगायत सबैको पनि चाहनाको आधारमा गरेको यो निर्णय कार्यान्वयन गर्न तीन महिना लाग्यो’ उनले भने ।

कित्ताकाटको निर्णय त्यतिबेलै कार्यान्वयन गर्न सकेको भए अर्थतन्त्रमा धेरै सुधार भइसक्ने प्रधानमन्त्री प्रचण्डले दाबी गरे । सरकारले चाहे जसरी काम गर्न नसकेको भन्दै उनले विगतमा नीतिनियम, कार्यशैली र संस्कारले अप्ठेरो परेको बताए ।

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।