May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

दुर्गा प्रसाईँलाई ओलीले नयाँ तत्वको सिखण्डीको संज्ञा दिए

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १६:१५
दुर्गा प्रसाईँलाई ओलीले नयाँ तत्वको सिखण्डीको संज्ञा दिए
  • एमालेको एकल बहुमतको सरकार बन्ने दाबी
  • २०८४ चुनावमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने
  • उफ्रिइरहेका नयाँ सिखण्डीहरूको एमालेले मतलब नराख्ने 

वीरगन्ज।।   

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले अहिले देश संगठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे।

उनले  भने, ‘आउँदो २०८४ चुनावमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने गरी संगठनलाई मजबुत बनाइरहेका छौं। हामी मिसन २०८४ मा लागेका छौं। २०८४ को चुनावमा देशभर एमालेको विजयपताका फहराउँछ। एमालेको एकल बहुमतको सरकार बन्ने निश्चित छ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेबाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने। देशलाई अहिलेको बेथिति र विसंगतिबाट बाहिर निकाल्न एमालेको सरकारको विकल्प नै नभएको जिकिर पनि उनले गरे।

छिमेकी मुलुकहरूसँग दबिएर होइन, समान हैसियत बनाएर अगाडि बढ्ने नीतिमा एमाले नेतृत्वमा बन्ने सरकारको रहने उनले बताए। मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उनले बताए।

दुर्गा प्रसाईँलाई नयाँ तत्वको सिखण्डीको संज्ञा दिँदै ओेलीले भने, ‘अहिले देशमा केही नयाँ तत्वहरू उफ्रिइरहेका छन्। अहिलेको गठबन्धनको सरकारको बेथितिका कारण नै ती सिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन। कुनै मतलब पनि राख्दैन। किनकि एमाले सिसाको गिलास हेइन। जुन कतै ठोक्कियो भने पिटिक्कै फुटिहाल्ने। एमाले त्यस्तो इस्पात हो, जुन घनले हान्दा पनि टसमस हुँदैन। त्यसैले अहिले उफ्रिइरहेका नयाँ सिखण्डीहरूको एमालेले मतलब नै राख्दैन।’

ओलीले भगवान रामको जन्मभूमि पर्साको ठोरी नै भएको दोहोर्‍याए। उनले भने, ‘अहिले भारतले राम मन्दिर बनाइरहेको अयोध्या भगवान रामको जन्मभूमि हुँदै होइन। किनकि अयोध्या डेढ सय वर्ष पहिलेसम्म फैजलावाद थियो। वास्तविक राम जन्मभूमि त नेपालको ठोरी हो भन्ने कुरा धर्मशास्त्रमै उल्लेख छ।’ कार्यक्रममा पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालक हरिनारायण  रौनियार जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।