sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तीन सहरमा ‘गोर्खा वारियर’ प्रिमियर

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:११
तीन सहरमा ‘गोर्खा वारियर’ प्रिमियर

काठमाडौं । यही फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ले रिलिजअघि नेपालका प्रमुख तीन सहरमा काठमाडौं, धरान र पोखरामा रेड कार्पेट प्रिमियर गर्ने भएको छ ।

फिल्मका निर्देशन मिलन चाम्सका अनुसार मोफसलका ‘लाहुरेको सहर’ भनेर चिनिने धरान र पोखरामा क्रमशः फागुन ५ गते र फागुन ७ गते रेड कार्पेट प्रिमियर गरिनेछ । त्यसपछि फागुन ९ गते काठमाडौंको बिग मूभिजमा प्रिमियर गरिनेछ ।

‘हामीले केही दिनअघि मात्र फिल्म प्रचारका लागि उपत्यकाबाहिरका ६ सहर (धरान, हेटौंडा, नारायणघाट, बुटबल, पाल्पा र पोखरा) को यात्रा गरेका थियौं । ती सहरका दर्शकले फिल्म प्रिमियरको माग गरेपछि तीन सहरमा प्रिमियर गर्न लागेका हौं’, निर्देशक चाम्सले भने ।
फिल्मको यस अघि बेलायतमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय प्रिमियर गरिएको थियो ।

निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

फिल्म नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन गरी चार भाषामा निर्माण गरिएको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मका निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid