May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

बनेपा महोत्सव सुरु

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:२0
बनेपा महोत्सव सुरु

व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेला–महोत्सव बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ ।

सम्मेलनमा पर्यटन, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला तथा खेलकुद विकास गर्ने उद्देश्यले लिइएको छ । महोत्सवको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले आज उद्घाटन गरेका छन् ।

मन्त्री लामाले स्थानीय सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुद विकासमा महोत्सवले ठूलो सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका छन् । “महोत्सव आन्तरिक पर्यटक प्रबद्र्धन र आर्थिक गतिविधि बढाउन सहयोगी हुनेछ”, उनले भने ।

मेला उद्घाटनअघि बनेपास्थित चैतन्यचोकदेखि महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने झाँकी तथा बाजागासहित नाच प्रदर्शन गरिएको थियो । क्लबका अध्यक्ष महेश कर्माचार्यले यो ‘बनेपा महोत्सव–२०८०’को चौथो संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय प्रदर्शन कक्ष रहेको जानकारी दिए ।

मेलामा बाल उद्यानको व्यवस्थापन गरिएको छ प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रमसमेत गरिने छ । साथै महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने आयोजकको भनाइ छ ।

गत भदौमा काभ्रेपलाञ्चोक होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको आयोजनामा बनेपामा परम्परागत खाना, संस्कृति, भेषभूषा तथा स्वच्छ परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘काभ्रेपलाञ्चोक फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको थियो ।

त्यसैगरी गत वर्षको माघमा बनेपा (भ्वतः)को ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देशविदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

ऐतिहासिक एवं प्राचीन सहर बनेपा काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक केन्द्र हो । यो सहरमा धेरै पहिलेदेखि घाम र हावाको सन्तुलन मिलाउन ठाउँठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली बनाइएका छन् । बनेपा नौवटा ढुङ्गेधारा, नौवटा चोक, नौवटा डबली र ९९ वटा इनार भएको सहर हो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।