sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २, २०८० ११:0८
पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो

पाल्पा डुम्रेबाट तिनाउँ गाउँपालिका वडा-६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुबाहक जिप दुर्घटना हुँदा घटनास्थमै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीया यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षिया दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीया दिलमाया जिसी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा पाल्पा तिनाउ ६ की २० वर्षीया कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय शौरव पुन, ४५ वर्षीय तुल बहादुर नेपाली, २८ वर्षीया कमला सुनार, रुपन्देही खैरेनी – ५ का ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ६ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विद्या सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आलब सुनार, तानसेन १० का ४५ वर्षीय जिप चालक दान बहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भुमी पुन र १ जना ३६ दिनकी बालिका गरी १७ जनाको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मंगलबार बेलुका करीव ५ बजेको समयमा लु १ ज २३७१ नम्वरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा व्याक भइ दुर्घटना भएको थियो। जिप सडकबाट ३ मिटर तल अर्को सडकमा खसेको थियो। जिप ओभरलोडको कारण दुर्घटना भएको बताइएको छ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid