May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

लोकन्थली दुर्घटनाले बाखामा तनाव, स्थानीयले गरे सडक अवरुद्ध

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १८:३0
लोकन्थली दुर्घटनाले बाखामा तनाव, स्थानीयले गरे सडक अवरुद्ध

१ मंसिर, काठमाडौं । भक्तपुरको बाखामा स्थानीय बासिन्दाले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । हिजो बिहीबार साँझ लोकन्थलीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठुलो सिरुवारी घर भएर बालकोट बस्ने वर्ष ४१ का हरिशरण पुरीको ज्यान गएपछि उनका आफन्त र स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका हुन् ।

कोटेश्वरबाट भक्तपुरतर्फ आइरहेको ना ७ ख ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशाबाट आउँदै गरेको बा ७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालक पुरीको ज्यान गएको थियो ।ट्यांकर चालकको लापरबाहीले ज्यान गएको र पीडकलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीय बासिन्दाले बाखामा रहेको प्रहरी कार्यालयमा प्रदर्शन गरेका हुन् ।

‘हाम्रो दाइको ज्यान गएको छ, प्रहरीले ३ चोटिमा मात्रै जाहेरी लिन मान्यो, वार्तामा ट्यांकरको समितिलाई बोलाउँदा आएका छैनन् । प्रहरी नै सेटिङमा लागेर घटना लुकाउन खोजिरहेकाे छ’, मृतकका काका छोरा रहेका सुवास पुरीले भने ।

उनले ट्यांकर चालकले रक्सी खाएको हुनसक्ने भन्दै लापरबाही लुकाउन प्रहरीलाई सिन्धुपाल्चोकका नेताहरुले दबाब दिइरहेको बताए । उनले ट्यांकर धनी माओवादी नेता अग्नि सापकोटा, माधव सापकोटा, चौतारा साँगाचोकका मेयर कृष्ण सापकोटाका नातेदार रहेको दाबी गरे ।

भक्तपुर प्रहरीले भने विना दबाब काम गरिरहेको जनाएको छ । ट्यांकर चालक जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ बस्ने वर्ष ४५ को तुलबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भन्दै भक्तपुर प्रहरीका सूचना अधिकारी भुवन भट्टले कानुनी प्रक्रिया अनुसार काम गरिरहेको बताए ।

‘प्रहरीले गर्नुपर्ने अनुसन्धान गरेर अदालतबाट म्याद थप समेत गरिसकेको अवस्था छ । सवारी चालक र सवारीलाई हामीले नियन्त्रणमै लिएका छौं, घटना लुकाउनुपर्ने, दबाबमा काम गर्नुपर्ने केही छैन’, सूचना अधिकारी भट्टले भने ।

पीडित पक्ष र ट्यांकर समितिमा वार्ताका बीच सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या भएको भट्टले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १८:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।