sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सात महिनामा चार लाखभन्दा धेरै नेपाली कामको लागि विदेशिए

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १0:२0
सात महिनामा चार लाखभन्दा धेरै नेपाली कामको लागि विदेशिए

काठमाण्डाै – साउनदेखि माघसम्मको सात महिनामा ४ लाखभन्दा धेरै नेपाली कामको लागि विदेश गएका छन् । यस अवधिमा ४ लाख ५ हजार ५ सय नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार गएको वर्ष यसै अवधिमा ४ लाख ७८ हजार ८ सय जनाले श्रम स्वीकृति लिएका थिए । पुसको तुलनामा माघमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको छ ।

पुसमा ६५ हजार ८ सय नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा माघ महिनामा भने यो सङ्ख्या ६२ हजार १ सय रहेको छ । पुसमा जस्तै माघमा पनि धेरै नेपालीहरु कामको लागि संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । माघमा मात्रै १७ हजार नेपाली यूूएई गएका छन् ।

यस्तै, साउदीमा १२ हजार ३ सय, कतारमा १२ हजार १ सय र मलेसियामा ६ हजार ७ सय नेपाली कामको लागि गएका छन् । पछिल्ला महिना रोजगारीका लागि युरोप जानेहरु बढेका छन् । वैदेशिक रोजगारीमा जानेको सङ्ख्यासँगै स्वदेश भित्रिने रेमिट्यान्स पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid