May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

यस्तो छ फिल्म ‘उपहार’को रमाइलो र आकर्षक ट्रेलर

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १३:२२
यस्तो छ फिल्म ‘उपहार’को रमाइलो र आकर्षक ट्रेलर

काठमाडौँ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’ फागुन २५ गतेबाट देशभर रिलिजमा आउँदैछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा काठमाडौंँ महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ ।

खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनाव पनि ट्रेलरमा समेटिएको छ । निर्माण युनिटले ट्रेलरमा मार्फत फिल्मको कथा हामै्र समाजको ताजा कथा भएको बुझाउन खोजेको देखिन्छ । ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ । ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ । ट्रेलर एकदमै रमाइलो र आकर्षक समेत बनेको छ । ट्रेलरले दर्शकमा फिल्म प्रति कौतुहल्ता जगाउने देखिन्छ ।

रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ । फिल्मको विदेशमा समेत उच्च रहेको निर्देशक देउजा बताउँछन् ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।