November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

वीरगन्जमा कर्फ्यु जारी, उल्लंघन गर्ने ९ जना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १४:१९
वीरगन्जमा कर्फ्यु जारी, उल्लंघन गर्ने ९ जना पक्राउ

वीरगन्ज । दुई समुदायबिचको तनाव कारण वीरगन्ज महानगरपालिकामा सोमबारदेखि जारी कर्फ्यु आज पनि जारी छ । सर्वसाधारणको सुविधाका लागि आज बिहान ४ घण्टाका लागि खोलिएको कर्फ्यु पुनः जारी भएको हो ।

प्रशासनले एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । तर पुनः १० बजेदेखि भने कर्फ्यु यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

दोस्रो दिनको कर्फ्यु जारी भएपछि बजार पूर्णरुपमा ठप्प भएको छ । कर्फ्यु आदेश जारी भएपछि वीरगन्जको बजार सुनसान बनेको छ ।

मुख्य सडक तथा गल्लीमा रहेका सबै खाले पसलसमेत बन्द छन् । कर्फ्युका कारण वीरगन्ज महानगरभित्र साना तथा ठुला खाले सवारीसाधन बन्द छन् । महानगरमा लगाइएको कर्फ्युलाई पालना गराउन प्रहरीले आफ्नो सक्रियता बढाएको छ । मुख्य बजार तथा गल्लीहरुमा समेत प्रहरीले पेट्रोलिङ तथा गस्ती गरिरहेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

उनका अनुसार प्रहरीले मोबाइल गस्ती, पेट्रोलिङ तथा सादा पोसाकसहित व्यापक सङ्ख्यामा प्रहरी खटाइएको छ ।

उनका अनुसार दोस्रो दिनको कर्फ्युमा हरेक चोक चोकमा, मुख्य सडकमा तथा संवेदनशील ठाउँहरूमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि हुन नदिने प्रहरीले पूरा सतर्कता अपनाएको प्रवक्ता थापाको भनाइ छ ।

प्रदर्शन गर्ने ९ जना पक्राउ

दोस्रो दिनको कर्फ्युमा उच्छृङ्खल गतिविधि गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।

कर्फ्यु आदेशको पालना नगरी टायर बालेर प्रदर्शन तथा नाराबाजी गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।

महानगरमा कर्फ्यु जारी भएता पनि केही व्यक्तिहरूले त्यसको उल्लंघन गर्दै ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका डिएसपी ध्रुवबहादुर श्रेष्ठले जनाए । उनका अनुसार चोक चोकमा लुकेर टायर बालेर प्रदर्शन गर्नेहरूलाई अहिले नियन्त्रणमा लिइएको हो ।

शान्ति सुरक्षा भङ्ग हुने अवस्था आएको भन्दै वीरगन्ज महानगरमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाए ।

उनका अनुसार सोमबार दिउँसो वीरगन्जमा दुइ समुदायबिच झडप हुने अवस्था देखिएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले महानगरभित्र हिजो साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्