April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नोकियाद्वारा १४ हजार कर्मचारी कटौती

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १५:५८
नोकियाद्वारा १४ हजार कर्मचारी कटौती
  • नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने 
  • ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा

काठमाडौं ।।

फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको हो । नोकिया कुनै समय विश्वको सबभन्दा ठूलो ह्याण्डसेट निर्माता कम्पनी थियो । तर स्मार्टफोनको दुनियाँमा पछाडि पर्‍यो र पछिल्लो समय उसले ५जी उपकरणको कारोबार थाल्यो । तर जुलाइदेखि सेप्टेम्बरको बीचमा नोकियाको बिक्री २० प्रतिशतले घटेको छ । स्वीडेनको एरिक्सन र चीनको हुवावेसँगको ५ जी नेटवर्कको प्रतिस्पर्धामा नोकियाको बिक्री २०२३ को तेस्रो महिनामा २० प्रतिशतले घटेर ४.९८ बिलियन युरो भएको छ ।

उत्तरी अमेरिकाको बजारमा ५ जी उपकरणको मागमा आएको कमीको पूर्ति भारतबाट हुने अनुमान थियो । ‘हामीले भारतमा ५ जी को विकासको गति कमी देख्यौं । यसको अर्थ उत्तरी अमेरिकाको मन्दीको भर्पाइ गर्न पर्याप्त हुन्न’ नोकियाका सीईओ पेक्का लुन्डमार्कको वक्तव्यमा भनिएको छ । नोकियाको रिपोर्टअनुसार यो तीन महिनामा उनको नाफा १३३ मिलियन युरो छ, जुन अघिल्लो वर्षको यही अपधिको भन्दा ६९ प्रतिशत कम हो । सीईओ लुन्डमार्कले भनेका छन्, ‘तेस्रो त्रैमासिकमा हामीले आर्थिक चुनौतीको प्रभाव हाम्रो कारोबारमा बढेको देखेका छौं ।’ नोकियाले २०१५ मा नौ हजार कर्मचारी कटौती गरेको थियो । हाल विश्वभरमा नोकियाका लागि ८६ हजार कर्मचारी काम गर्छन् । अब हुने कर्मचारी कटौतीपछि यो संख्या ७२ हजारसम्म झर्ने अपेक्षा छ । यसले लागत १.२ बिलियन युरोसम्म कटौती हुने कम्पनीको अपेक्षा छ ।

 

 

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १५:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।