April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

कांग्रेससँगको गठबन्धन किन तोडियो भन्ने बारेमा प्रधानमन्त्री प्रचण्डको जवाफ

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १५:0६
कांग्रेससँगको गठबन्धन किन तोडियो भन्ने बारेमा प्रधानमन्त्री प्रचण्डको जवाफ

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शङ्का र अविश्वास भएका कारण नेपाली कांग्रेससँगको गठबन्धन भत्काएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस पार्टी र आफूहरुकाबीचमा वैचारिक विषयमा शङ्का र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको बताएका छन् ।

उनले आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको प्रष्ट पारे । उनले कांग्रेसको नेतृत्व र आफ्नाबीच व्यक्तिगत अविश्वास पनि केही नभए पनि व्यक्तिगत भन्दा पनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताए ।

उनले कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरीत लाग्दा पनि कारबाही नभएको बताए । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको बताए ।

त्यस्तै उनले कांग्रेस महासमिति बैठकले गठबन्धनको विरुद्धमा निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर चलाउनु नै गठबन्धन टुट्नुको कारण रहेको उल्लेख गरे । त्यसैगरी कांग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठीक भएको आशय उल्लेख गरिनु पनि सम्बन्ध टुट्नुको कारण भएको बताए ।

उनले भने , ‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रुपमा म कुनै समस्या वा अप्ठ्याराेमा थिइन् । न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मेराबीच व्यक्तिगत अविश्वास केही पनि थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि त्यहाँ थिएन । पछिल्लो ११ महिना लामो साथ र सहकार्यप्रति म विशेषत: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साथीहरुप्रति आभारी छु । अहिले पनि हाम्रो निजी सम्बन्धमा मेरो तर्फबाट कम्तीमा उत्तिकै सद्भाव छ । तर राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणामहरु निर्णायक हुन पुग्दारहेछन् र अघिल्ला गठबन्धनमा त्यही भयो ।

उनले भने , ‘एउटा परिस्थिति फेरिएर फेरि जोडिएपछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले माओवादीकाविरुद्ध एक किसिमको विरुद्ध नै गर्‍यो । गठबन्धनको नैतिकताको कसीमा त्यो दण्डित हुनुपर्थ्याे तर त्यसो हुन सकेन बरु भयो पुरस्कृत । राष्ट्रिय सभा निर्वाचनमा त्यही पक्षले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्‍यो । यता का‌ंग्रेस महासमिति बैठकमा बिना सन्दर्भ त्यही गठबन्धनको निन्दा जस्तै गरी गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो भन्ने कुरा बिर्सिएर चर्चा, परिचर्चा, छलफल र निष्कर्ष निकालियो गठबन्धनको विरुद्ध । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारमाथि अनावश्यक र बेमौसमको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक मान्न सकिएन । गणतन्त्रका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्म निरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमितिको बैठकमा स्टल नै राखेर जसरी धर्मको नाममा हस्ताक्षर अभियान चलाइयो त्यसले काँग्रेसको संविधानप्रतिको प्रतिबद्धता माथि पनि एक हदसम्म प्रश्न उठाउने ठाउँ बन्न गयो ।’

प्रधानमन्त्री दाहालले व्यक्तिका रुपमा कांग्रेसले आफूलाई माया गरेको भए पनि प्रधानमन्त्रीको रुपमा न्याय नगरेको बताए ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट