May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २६, २०८० 0८:३८
मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो ।

मिक्वखोला–१ र २ मा आठ÷आठ परिवारलाई निस्सा वितरण गरिएको हो । मिक्वखोला–३ मा दुई, वडा नं ४ मा तथा वडा नं ५ मा दुई परिवारलाई निस्सा वितरण गरिएको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङयाले जानकारी दिए । निस्सा वितरण गरेसँगै जग्गा खोजी गरी केही महिनापछि उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको उनले बताए ।

निस्सा पाएपछि जग्गा पाउने आशले भूमिहीन स्थानीय खुसी भएका छन् । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष कुमार बस्नेतका अनुसार निस्सा वितरण गर्ने मिक्वाखोला गाउँपालिका जिल्लाको दोस्रो स्थानीय तह हो । यसअघि गत पुस २७ गते फुङ्लिङ नगरपालिकामा राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्रका ३६ दलित, ७० सुकुम्बासी र ११ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको थियो ।

निस्सा पाएका परिवारले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए । उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजार बाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २६, २०८० 0८:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट