May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

एकतर्फी प्रेमले लियो किशोरीको ज्यान , प्रहरीलाई झुक्याउन नक्कली बिहेको नाटक

  • साझा परिवेश
  • आइतवार, चैत्र ४, २०८० १६:३८
एकतर्फी प्रेमले लियो किशोरीको ज्यान , प्रहरीलाई झुक्याउन नक्कली बिहेको नाटक

गोकर्णेश्वर नगरपालिका ३ स्थित स्थानिय सुस्मा लामाको एक तर्फी प्रमको कारण हत्या भएको पाइएको छ । उनको शव एक हप्ता अगाडी तारेभिरको जंगलमा गाडेको अवस्थामा फेला परेको थियो ।
१८ वर्षिया सुष्माको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका ३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो । सुष्मा र पक्राउ परेका युवक रुपेन्द्र एकै ठाउँका बासिन्दा हुन् । प्रहरीका अनुसार उनीहरु बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे । टेलिफोन र सामाजिक सञ्जालबाट पनि कुराकानी हुने गरेको थियो । पछिल्लो आठ महिनायता भने रुपेन्द्रले सुष्मालाई प्रेमिकाको रुपमा हेर्ने गरेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । तर सुष्माले रुपेन्द्रसँग प्रमको सम्वन्ध स्विकार नगरेपछि पाठशालाबाट फर्कने क्रममा बाटो कुरेर हत्या गरिएको अपराध अनुसन्धान कार्यलयका डीएसपी अनिल घिमिरेले बताएका छन् ।

रुपेन्द्रले सात दिनसम्म सुष्माको गतिविधिको अध्ययन गरेको अनुसन्धानबाट खुलेको छ । सुष्माले पढ्ने बुढानीलकण्ठ मावि जाने बाटो कुरेर बस्ने गरेको, अन्य व्यक्ति देखेकाले सफल नभएको र आठौं दिनमा हत्या गरेर शव गाडेको वयान रुपेन्द्रले प्रहरीसमक्ष दिएका छन् ।हत्यापछि बाटोबाट करिब ५० मिटर जति तल लगेर रुपेन्द्रले शव गाडेका थिए । यो काम उनी एक्लैले गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीले रुपेन्द्रको घरबाट शव गाड्न प्रयोग भएको कुटो, कुटो बोक्न प्रयोग गरेको झोला, सुष्माको किताब र मोबाइलसमेत बरामद गरेको छ । सुष्मा २२ माघमा घरबाट कलेज गएदेखि फर्केकी थिइनन् । २३ माघमा उनको फेसबुक आइडीबाट बेहुला बेहुलीको कपडा लगाएको फोटो पोस्ट भएको थियो । बेहुलाको अनुहारमा इमोजी राखेर छोपिएको थियो भने क्याप्सनमा लेखिएको थियो, ‘सरी सबैजनालाई ३ दिनमा म आउँछु ।’ त्यसको ३ दिनपछि २५ माघमा परिवारका सदस्यले प्रहरीका उजुरी दिएका थिए ।

अन्तत प्रहरीले रुपेन्द्रलाई पक्राउ गरिसके पछि रुपेन्द्रले नै सुस्माको हत्या पछि प्रहरीलाई छल्न सुस्मकै मोवाइलबाट इडिट गरेको विवाहको फोटो सार्वजनिक गरेका पाइएको छ । पक्राउ परेका रुपेन्द्रलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाउन प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ४, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।