May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

आईपीएलमा आज सनराइजर्स र चेन्नई भिड्दै

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १0:२९
आईपीएलमा आज सनराइजर्स र चेन्नई भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज एक खेल हुँदै छ । शुक्रबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार रति ७: ४५ बजेदेखि सुरु हुने छ ।

जारी आईपीएलमा चेन्नईले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने सनराइजर्स हैदरावादले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ । चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सलाई पराजित गरेको थियो भने दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो । त्यस्तै सनराइजर्स हैदरावादले मुम्बईलाई पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र गुजरातसँग हार बेहोरेको थियो ।

सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आईपीएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।

त्यसैगरी यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ भने आईपीएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।