May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए

झापामा हात्ती आतंक

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १२:१८
झापामा हात्ती आतंक

अर्जुनधारा । जंगली हात्तीले झापाको अर्जुनधारामा धनमालमा क्षति पुर्‍याएको छ ।

आज बिहान ४ बजेको समयमा आएको एउटा हात्तीले अर्जुनधारा १ मदनपुर र वडा नम्बर ९ शालीन चोकमा क्षति पुर्‍याएको हो । हात्तीले अर्जुनधारा १ मदनपुर बस्ने रमेश रिमालको दुई तले पक्की घरमा रहेको पसलका खाद्यान्न सामग्रीहरू खाएर २५ हजार बराबरको क्षति गरेको छ ।

त्यस्तै सोही ठाउँका मनबहादुर दाहालले एक कट्ठामा लगाएको मकै बाली खाइ क्षति पुर्‍याएको छ भने मिरा ढकालको चार कट्ठामा लगाएको मकै बालीमध्ये १ कट्ठाको मकै बालीमा नोक्सानी गरेको छ ।

त्यस्तै वडा नम्बर ९ शालीन चोक बस्ने इन्दिरा कुँवरको टिनले छाएको इँटा सिमेन्टले बनेको घरको पश्चिमपट्टिको कोठाको झ्यालसहित चौखट र पर्खाल भत्काई सो कोठामा रहेको अन्दाजी २०० केजी धान र अन्दाजी १०० केजी।तोरी नष्ट गर्दा १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्