May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

देशबाट मैले के पाएँभन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचौं : राष्ट्रपति पौडेल

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १६:१८
देशबाट मैले के पाएँभन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचौं : राष्ट्रपति पौडेल
  • विश्वविद्यालयबाट दीक्षित विद्यार्थी राष्ट्रको भाग्य र भविष्य
  • सबैलाई अब राष्ट्र निर्माणमा लाग्न आग्रह 
  • भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ

काठमाडौं ।।

राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित विद्यार्थी राष्ट्रको भाग्य र भविष्य भएको बताएका छन् । सोमबार त्रिविको ४९औँ वार्षिकोत्सव एवं दीक्षान्त समारोहमा उनले अब राष्ट्र निर्माणमा लाग्न आग्रह गरे । “तपाईंहरूमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ,” राष्ट्रपति पौडेलले भने, “नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी र तपाईंहरूको परिश्रम समेतका कारण आज तपाईंहरू यो स्थानमा हुनुहुन्छ । राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ ।”

दीक्षित विद्यार्थी आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्ने विषयमा नचुक्ने विश्वास उनले व्यक्त गरे । “तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ,” उनले भने, “एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि आज दीक्षित हुने तपाईं छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु ।” राष्ट्रपति पौडेलले दीक्षित विद्यार्थीको अनुहारमा राष्ट्रको सुन्दर अनुहार देखिरहेको टिप्पणी गरे ।

“आज तपाईंहरूको अनुहारमा मैले नेपालको सुन्दर अनुहार प्रतिविम्बित भइरहेको पाएको छु । तपाईंहरू आफूले प्राप्त गरेको ज्ञान, सीप र दक्षता बोकेर उत्पादनशील कार्यका लागि जाँदै हुनुहुन्छ,” उनले भने, “भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ । देशबाट मैले के पाएँभन्दा पनि मैले देशलाई के दिएँ, के दिँदै छु वा भविष्यमा के योगदान गर्न सक्छु भन्ने कुराको सकारात्मक सोच तपाईं–हामीमा आउन सकोस् ।”

 

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।