May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए

सामुदायिक विद्यालयमा कुनै पनि बहानामा शुल्क नलिन शिक्षा मन्त्रालयको १० बुँदे सर्कुलर

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० ११:२७
सामुदायिक विद्यालयमा कुनै पनि बहानामा शुल्क नलिन शिक्षा मन्त्रालयको १० बुँदे सर्कुलर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कुनै पनि बाहनामा शुल्न नलिन सर्कुलर जारी गरेको छ।

संविधान र कानूनको व्यवस्थाबमोजिम माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई रहेको भन्दै बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्कजस्ता विभिन्न शीर्षक राखेर लिँदै आएको शुल्क नलिन सर्कुल जारी गरेको हो।

मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयले बुधबार नै ७५३ वटै स्थानीय तहलाई १० बुँदे सर्कुलर जारी गरेको छ। स्थानीय सरकार सञ्चार ऐन, ०७४ को दफा ११ को उपदफा (२) मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारअन्तर्गत निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन स्थानीय तहबाट मापदण्ड, निर्देशिका, कार्यविधिबाट गर्नुपर्ने उल्लेख छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्