April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

ट्राफिक प्रहरीको होली विशेष चेकिङ : ७८४ सवारी होल्ड, मापसे र लापसे गरी सवारी चलाउने १४७ जना नियन्त्रणमा

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:४५
ट्राफिक प्रहरीको होली विशेष चेकिङ : ७८४ सवारी होल्ड, मापसे र लापसे गरी सवारी चलाउने १४७ जना नियन्त्रणमा

फागु पूर्णिमा (होली)लाई लक्षित गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरेको छ।

होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङको क्रममा सवारी साधनलाई होल्ड गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए। होली पर्व मनाउने बहानामा मोटसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उल्लंघन गर्ने ७६९ दुई पाङ्ग्रे र १५ ओटा चार पाङग्रे सवारी साधन होल्ड भएका हुन्।

जसमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ३५ जना चालक रहेका थिए। होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछि चालकले ट्राफिक नियम उल्लघंन गरेअनुसारको उल्लेखित कारबाही गरेर छाडिएको प्रवक्ता श्रेष्ठले बताए। होली पर्वलाई नै लक्षित गरी आजैनेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ। नियन्त्रणमा आएका सबैजनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको छ।

फागु पूर्णिमालाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचलाई कडाइ गरेकाले सवारी दुर्घटनामा कमी आएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट