July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

पूर्वब्रिटिस गोर्खाहरुले बेलायती प्रधानमन्त्रीलाई दिए अल्टिमेटम

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १७:३३
पूर्वब्रिटिस गोर्खाहरुले बेलायती प्रधानमन्त्रीलाई दिए अल्टिमेटम

काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले समान पेन्सनका लागि दबाब दिँदै पुनः बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई अल्टिमेटम दिएका छन् ।

बेलायत र नेपाल सरकारबीच मन्त्रिस्तरीय वार्ता हुने तयारी भइरहेका बेला भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायती प्रधानमन्त्री सुनकलाई अल्टिमेटम दिएका हुन् ।

बेलायत सरकार समान पेन्सनको माग कार्यान्वयनमा दृढ नदेखिएको पूर्व गोर्खाहरुको गुनासो छ । सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका तर्फबाट प्रमुख संयोजक कृष्णबहादुर राईले हिजो (बिहीबार) लन्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा अल्टिमेटम बुझाएका हुन् ।

बेलायत र नेपाल सरकारबीच आगामी नोभेम्बर २२ मा लन्डनमा वार्ता हुने तय भएको छ । उक्त वार्तामा समान पेन्सन मुद्दा नउठाइए फेरि आमरण अनशन बस्न बाध्य हुने चेतावनी पूर्वब्रिटिस गोर्खाहरुको छ । चरणबद्ध छलफलपछि दुई सरकारबीच तेस्रो मन्त्रिस्तरीय वार्ता हुन लागेको हो ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १७:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्