sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ललितपुर घटनाका आरोपी सार्वजनिक, ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १२:२४
ललितपुर घटनाका आरोपी सार्वजनिक, ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान

काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका–२६ ढोलाहिटीको घटनामा संलग्न व्यक्ति अपराधिक पृष्ठभूमिका भएको जनाएको छ । पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका ४ जनामाथि कारवाही चलाउने जानकारी दिएको छ ।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । मृत्यु हुने रोबस राई र पुजन राई फरकफरक समूहका हुन् । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई समूहका गरी १८ जनालाई पक्राउ गरेपनि चा जनामाथि मात्र मुद्दा चलाउने भएको छ ।

पक्राउ पर्ने मध्ये एक जना खाजा पसल सञ्चालक विजय राई रहेका छन् । झडपका क्रममा चक्कु प्रहार गर्ने व्यक्ति उनी नै रहेको प्रहरीको दाबी छ । पक्राउ परेका विजय अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार उनी यसअघि लागुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय भोगेका व्यक्ति हुन् ।

सो घटनामा संलग्न आरोपमा पक्राउ परेकामध्ये प्रहरीले मंगलबार खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई ललितपुर–१५, खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण स्थायी वतन भई हाल ललितपुर–२६ जैनखेल बस्ने वर्ष ३८ का विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने वर्ष २५ का छेड्वीहाङ राईलाई सार्वजनिक गरेको हो ।

घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दियो । प्रतिवादी ५ जना भए पनि तत्काललाई भने पक्राउ परेका ४ जनाविरुद्ध मात्रै प्रहरीले मुद्दा अघि बढाउन लागेको हो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid