April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

यूएईविरुद्द नेपालको शानदार जित

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १६:३७
यूएईविरुद्द नेपालको शानदार जित
  • यूएई ए माथि नेपालले ३ विकेटको जित हात पार्यो 
  • कुशल भुर्तेलको  ७१ रनको आक्रामक प्रदर्शन

काठमाडौं ।।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ । यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रामक पारीसहित अलराउन्ड प्रदर्शन गरेका हुन् ।

ओपनर ब्याटर अर्जुन साउद डक आउट भएपछि तेस्रो क्रममा आएका देव खनालसँग कुशलले आक्रामक अर्धशतक सहित ९७ रनको साझेदारी बनाए । पावर प्लेमा १ विकेट गुमाएर ७३ रन बनाएको नेपाललाई कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।उनी पहाद नवाजको बलमा १२.६ ओभरमा बाउन्ड्री लाइनमा मोहम्मद फराजुद्धिनको हातबाट क्याच आउट भएका हुन् ।

१३ ओभरमा ९-२ को अवस्थामा रहेको नेपालले १०३ मा देव खनाललाई तेस्रो विकेटको रुपमा गुमायो । देवले ३ बलमा ४ चौका सहित २४ रन बनाउँदै मोहम्मद फराजुद्धिनको बलमा एलबीडब्ल्यु भए । चौथो ब्याटरको रुपमा क्रिजमा आएका सन्दीप जोरा २४ रनमा क्याच आउट भए ।

पाँचौं विकेटको रुपमा गुल्सन झा ११ रन बनाएर मोहम्मद फराजुद्धिनको बलमा विकेटकिपर आर्यन्स शर्माबाट स्टम्पिङ भए । सिमसिम पानी पर्दै गरेको मौसममा ९ रन चाहिने अवस्थामा नेपालका कप्तान रोहित पौडेल ९ रनमा क्याच आउट भए । पवन सरार्फ मोहम्मद फराजुद्धिनको बलमा बोलड भए । कुशल मल्ल र प्रतिश जिशी क्रमशः २ र ८ रनमा अविजित रहे ।

यूएई एका लागि मोहम्मद फराजुद्धिनले ५ विकेट लिए । उनले ६ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ५ विकेट लिए । मोहम्मद जवादुल्लाहले २ विकेट लिए । यसअघि, श्रीलंकाको पी सारा ओभलमा मा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए । उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् ।

खेलमा पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले १३ रन बनाएका आयन्स शर्मालाई पवन सराफको हातबाट क्याच आउट गराए ।दोस्रो विकेट भने सराफको नाममा रह्यो । उनले अन्स टन्डनलाई ३ रनमा एलबीडब्लुको धरापमा पारे ।

तेस्रोदेखि आठौं विकेट कुशल भुर्तेलले लिए । उनले एथन डिसुजालाई व्यक्तिगत १८ रनमा एलबीडब्लू आउट गरे । जुन उनको पहिलो तथा नेपालको तेस्रो विकेट थिए । त्यसपछि उनले ओपनर लवप्रित सिंह ५२ रन, फहत नवाज ४ रन, कप्तान अली नासिर १ रन तथा यशवन्त भल्थापा १६ रनमा आउट गरे ।

उनले ३५.२ ओभरमा ४ रन बनाएका मोहमद फराजुद्दिनलाई सन्दीप जोराको हातबाट क्याट आउट गराउँदै ६ विकेट पूरा गरेका थिए । ४४ औं ओभरका दोस्रो र अन्तिम बलमा मौसम ढकालले २ विकेट हात पारे ।

 

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।