April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

तत्कालीन मेयर र अघिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १४:२४
तत्कालीन मेयर र अघिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको उजुरी परेको थियो । यससम्बन्धमा सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई बोलपत्र आह्वान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय भएको पाइएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

‘सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराउने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजहरूउपर एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनले निर्देश गरे अनुसार कैद र बिगो बमोजिम जरिवाना मागदाबी लिइएको अख्तियारको भनाइ छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट