April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

मनसुन शुरु हुनुभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:३२
मनसुन शुरु हुनुभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी

काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन । सरकारले दिने भनेको राहत नपाएर कतिपय भूकम्प पीडितहरु चर्किएको घर र पालमै बस्न बाध्य भैरहँदा गृहमन्त्रीले यस्तो दाबी गरेका हुन ।

हिजो प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले मनसुन शुरु हुनुअगावै राहत वितरण गरिने बताए । पाँच महिनाअघि कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम जिल्लाका बासिन्दा प्रभावित भएका छन् ।

जाजरकोटमा ४२ हजार ५ सयभन्दा बढी लाभग्राही कायम भएकोमा ३० हजारभन्दा बढीले अस्थायी आवास बनाएका छन् । यस्तै रुकुम पश्चिमका ३१ हजार ३ सय लाभग्राही रहेकोमा झण्डै ३० हजार अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर पहिलो किस्ता पाएका कतिपयले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

अस्थायी आवास बनाउन नसकेका भूकम्प पीडित चर्किएकै घरमा बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसक्दा कतिपय परिवार पाँच महिनादेखि त्रिपालमुनी बसिरहेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट