October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १२:१0
नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालेको छ । सरकारले नौ अर्ब चार करोड रुपियाँ आन्तरिक ऋण प्राप्त गर्नका लागि ऋणपत्र जारी गर्न बिहीबार सार्वजनिक आह्वान गरेको छ । भदौ ३१ गते निष्कासन हुने उक्त विकास ऋणपत्र छ वर्षको हुने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

ऋणपत्र खरिद गर्न बोलकबोल पेस गर्न राष्ट्र बैङ्कले अनुरोध गरेको छ । खरिदकर्ताले अनलाइनबाटै ऋणपत्र बोलकबोल पेस गर्न सक्ने केन्द्रीय बैङ्कले जनाएको छ । बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्ने छन् ।

सरकारले नेपाल राष्ट्र बैङ्कमार्फत अल्पकाल तथा दीर्घकालका लागि आन्तरिक ऋण उठाउने गर्छ । स्रोत व्यवस्थापन सहज भएको अवस्थामा आर्थिक वर्षको पछिल्ला महिनातिर ऋण उठाउँदै आएकामा आर्थिक गतिविधिमा शिथिलता आएर राजस्वमा सङ्कुचन आएपछि स्रोत व्यवस्थापनका लागि यस वर्ष सुरुवाती महिनादेखि नै ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट