May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

अन्तरिक्षबाट पृथ्वीमा बिजुली पठाए चमत्कारी वैज्ञानिकले

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १३:५४
अन्तरिक्षबाट पृथ्वीमा बिजुली पठाए चमत्कारी वैज्ञानिकले

पृथ्वीमा सूर्यको ताप तथा प्रकाशबाट ऊर्जा प्राप्त हुन्छ । त्यसलाई सौर्य ऊर्जा भनिन्छ । विश्वमा प्रयोग भैरहेको कुल बिजुलीको ३.६ प्रतिशत हिस्सा सौर्य ऊर्जाबाट उत्पादन भैरहेको छ । तर अब पृथ्वीमा मात्र होइन अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जाको बिजुलीसमेत पृथ्वीमा ल्याउन वैज्ञानिकहरू सफल भएका छन् । वैज्ञानिकहरुले पहिलो पटक एक किरण वा तरंगको माध्यमबाट सौर्य ऊर्जालाई अन्तरिक्षबाट पृथ्वीमा पठाउन सफल भएका छन् ।

अन्तरिक्षबाट पृथ्वीमा यस प्रकारले सौर्य ऊर्जा पठाएसँगै नयाँ मार्ग प्रसस्त हुन सक्दछ । यो प्रयोगमा वैज्ञानिकहरुले स्याटेलाइटबाट प्राप्त सौर्यउर्जालाई पृथ्वीमा पठाएर त्यसलाई बिजुलीमा परिणत गरेका छन् । अन्तरिक्षबाट प्राप्त सौर्य ऊर्जाको तरंगलाई पृथ्वीमा रहेको ल्याबको संकलक यन्त्रले जम्मा गरेर विद्युतमा परिणत गरिदिएको थियो । यसलाई माइक्रोवेब एरे भनिन्छ ।

माइक्रोवेब एरेको प्रयोग ऊर्जा प्रसारणका लागि गरिन्छ । यो वायरलेस प्रविधिका माध्यमबाट मानिसहरुले कुराकानी गरेजस्तै हो । ठ्याक्कै यहीँ तरिकाबाट तारविना नै ऊर्जालाई एक ठाउँबाट अर्को ठाउँमा पठाइन्छ । जलविद्युत ऊर्जा, कोइला वा अन्य स्रोतबाट ऊर्जा उत्पादनको सम्भावना नभएका विकट ठाउँहरुमा समेत भविष्यमा बिजुली आपूर्ति गर्नका लागि यो प्रविधि वरदान सावित हुने दाबी गरिएको छ ।

विश्वमा हाल सर्वाधिक विद्युत उत्पादनमा सौर्य ऊर्जाभन्दा अगाडि जलविद्युत र वायु ऊर्जा रहेका छन् र सौर्य ऊर्जाको ३.६ प्रतिशतसहित तेस्रो स्थानमा रहेको छ । आगामी दिनमा यी तीनवटै तरिकाबाट बिजुली उत्पादन गर्न झनै सहज हुने बताइएको छ ।

वैज्ञानिकहरुका अनुसार यी तीन तरिकाबाट हुने विद्युत उत्पादन आगामी सन् २०३५ सम्ममा ४० प्रतिशत र सन् २०५० सम्ममा ४५ प्रतिशतले बढ्नेछ । यसरी भविष्यमा ९० प्रतिशत ऊर्जा नवीकरणीय स्रोतबाट उत्पादन हुने र त्यसको आधा हिस्सा सौर्य ऊर्जाले ओगट्ने बताइन्छ । सौर्य ऊर्जा हासिल भैरहने मुख्य कारण भनेको यसको निरन्तरता हो । जबसम्म सूर्यको प्रकाश हुन्छ, तबसम्म सौर्य ऊर्जाबाट बिजुली निकाल्न सकिन्छ ।

वायरलेस प्रविधिबाट पृथ्वीमा पठाइयो बिजुली

वैज्ञानिकहरुले दशकौंसम्म अन्तरिक्षमा आधारित सौर्य ऊर्जा प्रविधिको विषयमा अनुसन्धान गर्दै आएका छन् । पृथ्वीको कक्षमा रहेका उपग्रहहरुले कुनै अवरोध विना नै २४ सै घण्टा तथा ३६५ दिन नै सौर्य ऊर्जा संकलन गर्न पाउँछन् ।

अन्तरिक्ष सौर्यउर्जा योजना (एसपीपी) लागू गर्नका लागि शोधकर्ताहरुले नयाँ प्रविधिको रुपमा वायरलेस पावर ट्रान्सफर तयार गरे ।

उक्त परियोजनाको नाम माइक्रोवेब एरे फर पावर ट्रान्सफर लो अर्बिट एक्सपेरिमेन्ट (ःब्एीभ्) हो । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका इलेक्ट्रोनिकल तथा मेडिकल इन्जिनियरिंग विभागका प्राध्यापक अली हाजिमिरीले उक्त परियोजनाको नेतृत्व गरिरहेका छन् ।

यो हो नयाँ प्रविधि र प्लाटर्फम, जसबाट बिजुली आयो

मेपल प्लाटर्फम लचिलो तथा हलुका माइक्रोवेब ट्रान्समिटर हो । त्यसभित्र कस्टम इलेक्ट्रोनिक चिप्स राखिएका हुन्छन् । यसलाई सस्तो सिलिकन प्रविधिबाट बनाइएको हुन्छ ताकि धेरै भन्दा धेरै सौर्य ऊर्जा पैदा गरेर त्यसलाई तरंगको माध्यमबाट पृथ्वीमा पठाउन सकियोस् । सोही प्रकारले अन्तरिक्षको सौर्य ऊर्जालाई तरंग मार्फत् पृथ्वीमा पठाइयो ।

एसएसपीपी सन् २०११ मै सुरु भएको थियो । क्यालटेक बोर्ड अफ ट्रस्टिजका सदस्य डोनाल्ड ब्रेनले एसबीएसपी अनुसन्धान परियोजना निर्माणका विषयमा चर्चा गर्नका लागि क्यालटेकका तत्कालीन अध्यक्ष जीन लूचाम्यूसँग सम्पर्क गरेसँगै परियोजनाको सुरुवात भएको थियो ।

हलुका संरचनायुक्त वायरलेस पावर ट्रान्सर्फमरको उपयोग गरी अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जालाई पृथ्वीमा विद्युत उत्पादनका लागि पठाउने यो प्रविधि पृथ्वीको ऊर्जा माग पूर्तिको दिशामा कोशेढुंगा सावित हुनेछ ।

युद्ध र विपत्तिमा ऊर्जाको आपूर्ति

अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक ऊर्जा आपूर्ति गर्नका लागि अन्तरिक्षमा यसअघि नै सोलार प्यानलहरु जडान गरेर बिजुली निकाल्ने गरिएको छ । जसरी इन्टरनेटले आम मानिसमा सूचना सम्प्रेषणको कार्यलाई सहज बनाएको छ, त्यसैगरी उर्जालाई समेत आम उपभोक्तामाझ आपूर्ति गर्नका लागि वायरलेस प्रविधिले निकै महत्वपूर्ण सावित हुनेछ ।

यो बिजुुली प्राप्त गर्नका लागि पृथ्वीमा ऊर्जा प्रशारणका लागि ट्रान्समिसन लाइन जस्ता कुनै आधारभूत संरचनाहरुको आवश्यकता पर्नेछैन ।

यसबाट युद्ध वा प्राकृतिक विपत्तिको बेलामा समेत जुनसुकै ठाउँमा ऊर्जाको आपूर्ति गर्न सकिेनछ । ऊर्जाको भण्डारण तथा प्रशारण अहिलेको समयमा निकै चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा यो प्रविधि भविष्यका लागि आम रुपान्तरणकारी हुने देखिन्छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्