sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १३:१३
उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

आसन्न उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपा प्रवेश गरेका पत्रकार मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त भएका छन् ।

माओवादी केन्द्रमा आवद्ध रहेकाउ नी पार्टीामा राजीनामा नदिईनै रास्वपामा प्रवेश गरेको खुलेको छ । उनी माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए भने माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए ।

पार्टीबाट राजीनामा नै नदिई उपचुनाव लड्न अर्को पार्टी प्रवेश गरेपछि उनलाई प्रेस सेन्टरले बर्खास्त गरेको छ । बिहीबार प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै लिम्बूलाई संगठनबाट बर्खास्त गरेका हुन् ।

‘प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका मिलन लिम्बुले संगठनको नीति, विधि, विधान र आचरणविपरित विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनीक अभिव्यक्ति दिने तथा अनुशासनविपरित गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकोले संगठनको अनुसासन समितिको सिफारिसमा आजकै मितिदेखी सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि मिलनसँगै एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार बन्दैछन् । सुहाङ स्वर्गीय सुवासका कान्छा छोरा हुन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid