July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थाले

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ ११:४१
नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थाले

आगामी शुक्रबार नयाँ वर्षको पहिलो दिन। काठमाडौं उपत्यकासँगै बाहिरका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल सुरू भइसकेको छ।

नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थालेका छन्। विशेषगरी पोखरा, बन्दीपुर, चितवन, काठमाडौं, धुलिखेल, सुकुटे, नगरकोट लगायत ठाउँका होटलमा धेरै बुकिङ भइरहेको व्यवसायीहरूले बताएका छन्।

चितवनको सौराहामा ६० प्रतिशत होटल बुकिङ भइसकेको छ। क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार सौराहामा केही दिनअघिबाटै बुकिङ सुरू भएको हो। सौराहाका विभिन्न होटलमा नयाँ वर्षकै लागि भनेर २० प्रतिशतसम्म छुट व्‍यवस्था छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन बढेको उनले बताए।

वैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा हुने उक्त फेस्टिभलमा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनसँगै नीतिगत विषयमा छलफल हुनेछ। दुई दिने फेस्टिभलमा ’व्यावसायिक पर्यटन, रहर, सहर र पर्यटन बजार’, ’पर्यटनमा जलवायू परिवर्तनको असर, हिउँ हिमाल र हिमालय’, ’पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपाल’ लगायत विभिन्न १५ वटा सेसन हुने नेपाल पर्यटन बोर्डले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट