May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

नयाँ आर्थिक वर्षमा सरकारको खर्च कम आम्दानी धेरै

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १४:३६
नयाँ आर्थिक वर्षमा सरकारको खर्च कम आम्दानी धेरै
  • १० दिनमा सरकारको खर्चभन्दा आम्दानी केही बढी
  • १४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ आम्दानी
  • खर्च भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ
  • असारे खर्च हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं ।।

नयाँ आर्थिक वर्ष (आव) २०८०-८१ को पहिलो १० दिनमा सरकारको खर्चभन्दा आम्दानी केही बढी देखिएको छ । १० साउनसम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यो अवधिमा खर्च भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ भइसकेको छ । यो अवधिमा राजस्वबाट सरकारले १० अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । अन्य आम्दानी ३ अर्ब ५८ करोड रुपैयाँ भएको देखिन्छ ।

खर्चतर्फ १० दिनमा चालु प्रकृतिको खर्च ५३ करोड ६४ लाख रुपैयाँ भएको छ । पूँजीगत खर्च अझै सुरु भइसकेको छैन ।

वित्तीय व्यवस्थामा भने सुरुवातमै १२ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल लक्ष्यको ३.६६ प्रतिशत खर्च हो । चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

अर्थ मन्त्रालयले यस वर्ष बजेट कार्यान्वयन बनाउन भन्दै मन्त्रालयहरुलाई तोकिएको समय सीमाभित्र बजेट खर्च गर्न निर्देशन दिइसकेको छ ।अर्थले कात्तिक मसान्तभित्र ठेक्का प्रकृया सम्पन्न गरी त्यसको १५ दिन भित्र काम सुरु गर्न भनेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले काम सम्पन्न भएर भुक्तानीका लागि आएका बिल अर्थबाट बढीमा १५ दिन भित्र पास गरी पठाइने प्रतिवद्धता व्यक्त गरेका छन् । यस पटक असारे खर्च हुन नदिने उनको प्रतिबद्धता छ ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।