राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले कानुन बनाउँदा सबै वर्ग र भूगोललाई ख्याल गरिनुपर्ने बताएकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो बताएकी हुन् ।
राज्यले एकातिर १ सय रुपैयाँमा कम्पनी खोल्न सक्ने नीति लिएको छ । अर्कोतिर विद्युतीय व्यापार गर्नका लागि आफ्नै वेबसाइट, एप बनाउनुपर्ने जस्ता प्रावधान राखिएको भनी यसमा मेल नरहेको गौतमले बताइन् ।