April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासत

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १0:३१
दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासत

नयाँ दिल्ली । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ ।

संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको हो । दिल्लीको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न थप अनुमति दिएको हो । ईडीले केजरीवालको घरबाट प्राप्त भएको डिजिटल डिभाइसहरुको अध्ययन भइरहेको र उनले आफ्नो मोबाइलको पासवर्ड समेत नदिएको ईडीले अदालतमा जनाएको छ ।

अदालतको आदेशपछि केजरीवाल अब १५ अप्रिलसम्मका लागि तिहाड जेलमा रहनेछन् । उनी जेल परेपनि दिल्लीको सरकारमा नयाँ नेतृत्व छैन, उनले जेलबाटै सरकार सञ्चालन गरिरहेका छन् । सोही प्रकरणमा आपका नेताहरु मनीष सिसोदिया, संजय सिंह र सत्येन्द्र जैन महिनौंदेखि उक्त जेलमा छन् ।

ईडीका अधिकारीले २१ मार्चको राति केजरीवाललाई उनको सरकारी निवासबाट नियन्त्रणमा लिएको थियो । यता केजरीवाल नेतृत्वको आम आदमी पार्टी र अन्य विपक्षी दलहरूले भने राजनीतिकरुपमा प्रेरित भएर मोदी सरकारले केजरीवाललाई पक्राउ गरेको आरोप लगाएका छन् ।

विपक्षी गठबन्धनले हालै दिल्लीमा विरोध सभा नै आयोजना गरेर चुनावको मुखमा त्रसित भएर भाजपाले यस्तो हर्कत गरेको आरोप लगाएको थियो । सरकारको यस्तो कार्यले मुलुकमा लोकतन्त्र संकटमा परेको उनीहरूको भनाइ थियो । विपक्षी गठबन्धनले निर्वाचन आयोगलाई चुनावमा सबैलाई समान अवसर सुनिश्चित गर्नसमेत माग गरेको छ । कईडीले यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पनि पक्राउ गरेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १0:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट