धरान ।  अत्याधिक गर्मी बढेकै कारण धरानमा असार ९ गते सम्मका लागि सामुदायिक बिद्यालयहरुले बिदा दिने निर्णय गरेका छन् ।

बिहिबार धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाको प्रधानाध्यापकहरु सङको मासिक नियमित बैठकमा सामुदायिक बिद्यालयहरु असार ९ गते सम्म बिदा दिने निर्णय गरेको महाशाखा प्रमुख गणेश प्रशाद खतिवडाले बताए । उनका अनुसार बर्खे बिदाबाट मिलान हुने गरि गर्मी बिदा दिएको हो ।

संस्थागत बिद्यालयको हकमा प्याब्सन र एन प्याब्सनका अध्यक्षहरु सङ छलफल भैरहेको उनले बताए ।

उनले भने, प्याब्सन र एन प्याब्सनका अध्यक्षहरु लाई छलफल गर्न भनेका छौ, उहाँहरुको सुझाब आए पछि निर्णय गर्छौ, सामुदायिक बिद्यालयको चै प्रअहरुको बैठकले असार ९ सम्मको लागि बिदा दिने निर्णय गरेको छ ।

गर्मीको कारण असार ९ गते सम्म बिदा दिए पछि बर्षे बिदा नहुने खतिवडाले बताए ।

असार १० गते देखि निरन्तर बिद्यालय संचालन हुने उनको भनाइ छ ।

धरानमा गर्मीले अहिले सम्मकै रेकर्ड ब्रेक गरेको छ । धरानको तापक्रम ४२ डिग्री सम्म पुगेको छ ।

अत्याधिक गर्मी बढेकै कारण बिद्यालयमा बिदा दिनु परेको खतिवडाले बताए ।