स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी मधुसुदन बुर्लाकोटीले पाएका छन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयको सचिवको भूमिकामा रहेका बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो।
उनले कहिले हाजिर हुने भन्ने प्रष्ट नपारे पनि आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएको पुष्टि गरे।