April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अरु नै दलमा प्रवेश गरेकोले रिनाकुमारीलाई नगरप्रमुखबाट पदमुक्त गराइयो

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १४:३२
अरु नै दलमा प्रवेश गरेकोले रिनाकुमारीलाई नगरप्रमुखबाट पदमुक्त गराइयो
  • नगरपालिकाकी प्रमुख रिनाकुमारी शाह पदमुक्त भइन् 
  • निर्वाचित शाह अरु नै दलमा प्रवेश गरेकाले उनी पदमुक्त गरियो 
  • प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले 
  • उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेकी थिइन्

काठमाडौं ।।

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी शाह पदमुक्त भएकी छन् । नेकपा (एमाले) बाट निर्वाचित शाह अरु नै दलमा प्रवेश गरेकाले उनी पदमुक्त भएको निर्वाचन आयोगले जनाएको छ । “…स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०८०/०६/२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,” गोरखापत्रमा प्रकाशित आयोगको सूचनामा भनिएको छ । उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेकी थिइन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।