May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १५:0२
येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

भादगाउँ/

मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर थिमि फर्कने जानकारी दिएका हुन् । बालकरामले दोस्रो पटक जिब्रो छेड्न लागेका हुन् । उनले यसअघि विसं २०७५ मा जिब्रो छेडाएका थिए ।

मध्यपुर थिमिमा वर्षको दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन गरिन्छ । बिस्काः (बिस्केट) जात्राका अवसरमा वैशाख २ गते बिहान मध्यपुर थिमि–८ बोडेमा र येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि–५ दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने परम्परा छ । सो अनुसार यस वर्ष यही असोज १२ गते थिमिमा येंयापुन्ही या म्ये प्वा खनेगु (जिब्रो छ्ड्ने) जात्रा हुँदैछ ।

बोडेको जात्राले सदियौँदेखि निरन्तरता पाइरहेको छ भने दिगुलीको जात्रा नियमित सञ्चालन हुन नसकेको स्थानीय संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताए । करिब दुई दशक रोकिएको यो जात्रालाई विसं २०७४ मा वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाएर पुनर्जीवन दिएका थिए । विसं २०७५ मा बालकरामले जिब्रो छेडाएका थिए भने विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा गत वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडाएर निरन्तरता दिएका थिए ।

बोडेको जिब्रो छेड्ने जात्रामा निश्चित मार्ग भए पनि थिमि दिगुलीमा हुने जात्राको निश्चित मार्ग नभएको श्रेष्ठले बताए । उनका अनुसार यो जात्रामा जिब्रो छेडाउने व्यक्तिले इच्छाएको मार्गमा परिक्रमा गर्ने प्रचलन रहेको छ । “येंयापुन्ही या म्ये प्वा खनेगु जात्रामा जिब्रो छेडाएर नगर परिक्रमा गर्दा यही नै निश्चित मार्ग भन्ने छैन । विशेषगरी जिब्रो छेडाउने व्यक्तिले इच्छाए अनुसारको मार्ग तय हुन्छ,” संस्कृतिविद् श्रेष्ठले भने, “योभन्दा पहिले पनि जिब्रो छेडाएर पशुपतिनाथ र चाँगुनारायणको दर्शन र परिक्रमा गरेको इतिहास छ ।”

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बालकरामको साहसले भावी पुस्तालाई जात्राप्रति आकर्षित गर्ने र नयाँ पुस्तामा जिब्रो छेडाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । “जिब्रो छेडाएर बाँसले निर्माण गरिएको महादीप काँधमा बोकेर थिमिदेखि पशुपतिनाथको दर्शन गरी पुनः थिमिसम्म पैदल यात्रा गर्नु निकै कठिन कार्य हो”, उनले भने, “बालकरामले जुन सहास देखाउनुभएको छ, उहाँको संस्कृति प्रतिको लगाव छ, त्यसलाई उच्च सम्मान दिनुपर्छ ।” प्रमुख श्रेष्ठले नगरको मूर्त–अमूर्त कला संस्कृतिको संरक्षणमा लगानी गर्दै आइरहेको नगरपालिकाले जिब्रो छेड्ने जात्रालाई पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताए ।

उक्त जात्राका लागि जात्राको आठ दिन अगाडि द्यः दुसालेगु अर्थात् देवता भित्र्याउने चलन रहेको छ । त्यसका लागि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनुपर्ने रातोभालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्ने संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताए । उनका अनुसार जात्राको चार दिनअघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन रहेको छ ।

इन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजा गरी छ्वयला ब्वः भोज खुवाउने चलन रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलिपल्ट येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिनमा दुता नं ९जामा० लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।