May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेस बैठक आज पनि बस्दै

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० १0:३२
उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेस बैठक आज पनि बस्दै

काठमाडौं । १५ बैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको बैठक आज पनि बस्दैछ ।

सभापति शेरबहादुर देउवा उम्मेदवार चयनका विषयमा सोमबारदेखि छलफलमा छन् । मंगलबार र बुधबार कार्यसम्पादन समितिको बैठकमा छलफल भएपनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लागेको छैन ।

बिहीबार पनि विहान ९ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उपनिर्वाचन हुने इलाम–२ र बझाङ प्रदेशसभा–१ मा उम्मेदवारका विषयमा सभापति देउवा र नेता शेखर कोइराला पक्षबीच विवाद भएको छ ।

सभापति देउवाले इलाम–२ मा जिल्ला सभापति डम्बर खड्काको नाम प्रस्ताव गरेका छन् भने बझाङका लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन् । तर कोइराला समूहले भने इलाम–२ मा महाधिवेशन प्रतिनिधि भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आएको छ ।

उम्मेदवार चयनकै विषयमा बिहीबार जिल्लाका नेताहरूसहित आकांक्षीहरूसँग छलफल गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।