May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

अयोध्यामा रामको प्राणप्रतिष्ठा आज, ससुराली जनकपुरधाम राममय

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० १0:२१
अयोध्यामा रामको प्राणप्रतिष्ठा आज, ससुराली जनकपुरधाम राममय

काठमाडौं । २२ जनवरी अर्थात् सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने भएको छ । भारतको इतिहासमा यो राम मन्दिरको प्राणप्रतिष्ठानलाई नयाँ आयामका रूपमा लिइएको छ । लामो समयको संघर्षपछि हिन्दुले भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गर्न लागेका हुन् ।

राम मन्दिरको प्राणप्रतिष्ठाले भारतलाई मात्र नभई छिमेकी देश नेपाललाई पनि छोएको छ । भारतको अयोध्या र उत्तर प्रदेश मात्रै नभई नेपालको अधिकांश धार्मिक मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिन लागेको हो । अयोध्या हिन्दु र मुस्लिमका कारण लामो समयदेखि विवादमा पर्दै आएको थियो । सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने बाटो खुलेको हो ।

अदालतले सो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता दिएको थियो । सोमबार राम मन्दिरको अभिषेक हुँदा दशकौंदेखि बाबरी मस्जिदभित्र राखिएको रामको पुरानो मूर्ति पनि ठूलो र नयाँ मूर्तिको साथमा मन्दिरको गर्भ गृहमा विराजमान हुनेछ । बाबरी मस्जिद भत्काएपछि पुरानो मूर्तिलाई लामो समय अस्थायी त्रिपालको मन्दिरमा राखिएको थियो । ४० वर्षको संघर्षको परिणतिको प्रतीक पनि जनवरी २२ हुनेछ ।

प्राणप्रतिष्ठानअघि भारत तथा विदेशबाट ल्याइएका ८१ कलशको औषधीयुक्त जलले गर्भगृहसहित सम्पूर्ण भुइँ तल्लालाई शुद्ध पारिएको छ र सोही क्रममा सरयु नदीघाटमा साँझको आरती गरिएको छ । सोमबार भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु हुनेछ । त्यसपछि बिहान १० बजे राममन्दिरमा मंगल ध्वनि बजाएर पूजा कार्यक्रम गरिनेछ । १० बजेर ३० मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मन्दिर परिसर पुग्ने कार्यक्रम तय भएको छ भने ११ बजे अतिथिको उपस्थिति हुनेछ ।

विहान ११ः३० बजेदेखि १२ः३० बजेसम्म गर्भगृहमा पूजाआजाको कार्यक्रम रहेको छ । १२ः ३० बजे मुख्य अतिथिले सम्बोधन गरेपछि २ बजेबाट ७ बजेसम्म दर्शनार्थी र अतिथिका लागि राम मन्दिरको दर्शन गर्न समय दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गर्ने कार्यतालिका रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यकर्ता भएकाले उनले विशेष ‘अनुष्ठान’का लागि आफूलाई कठोर रूपमा धार्मिक आचरणमा बाँध्ने प्रण पनि गरेका थिए । उनी निराहर व्रत बसेर सोमबार पूजा गर्नेछन् । उनले प्राणप्रतिष्ठा हुनुभन्दा ११ दिनअघिदेखि उनले अन्न खान छोडेका छन् । फलाहार मात्रै गरिरहेका छन् । मोदीले ११ दिने विशेष प्रतिष्ठाको सुरुवात नासिक धाम–पञ्चवटीको पूजाअर्चनाबाट सुरु गरेका थिए । नासिक धाम भगवान् रामले लामो समय बिताएको धामका रूपमा चिनिन्छ । दुई दिनदेखि मोदीले ‘व्रत’लाई कठोर बनाए । कम्तीमा यी दुई रातहरू सकभर मोदीले निराहार र जाग्राम बसेरै बिताएका छन् । उनले आफ्नो सुविधा सम्पन्न बिस्तरामा समेत सुतेनन् । पिर्का वा चटकीमा बसेरै उनले रात कटाएका छन् । त्यो क्रममा उनले सामान्य खालका कम्बल मात्रै ओढे । यो प्राणप्रतिष्ठालाई उनले आफ्नो राजनीतिक, धार्मिक र आध्यात्मिक जीवनकै सबैभन्दा अमूल्य अनि ‘सौभाग्य’को क्षण भनेका छन् ।

 

भारतमा केन्द्र सरकारले दियो आधा दिन छुट्टी

केन्द्र सरकारले देशभर नै केन्द्रीय कार्यालय, संस्थान, औद्योगिक प्रतिष्ठानमा आधा दिनको छुट्टी दिने घोषणा गरेको छ । यो दिनमा अढाइ बजेसम्म मात्रै सरकारी कार्यालय खुला रहनेछन् । उत्तर प्रदेशले भने सो दिनमा प्रदेशभर नै मासु, माछा, रक्सीको बिक्रीमा पुरै बन्देज लगाउने भएको छ ।

 

सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा घोषणा

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । सोमबार हुने राम मन्दिरको प्राणप्रतिष्ठामा राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको हो । कार्यबाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राणप्रतिष्ठाको दिन मातहतका सबै निकायमा बिदा रहेको जनाएका छन् । सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा बिक्रीवितरण बन्द हुने सूचनामा उल्लेख छ ।

राम मन्दिर प्राणपतिष्ठानमा फैसला गर्ने पाँच न्यायाधीशमध्ये एक जना सहभागी हुनेछन्

अयोध्याको रामजन्मभूमि–बाबरी मस्जिद विवादमा फैसला सुनाउने संवैधानिक इजलासका पाँच न्यायाधीशमध्ये एक न्यायाधीश अभिषेक समारोहमा हुने भएका छन् । टाइम्स अफ इन्डियाका अनुसार यस कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अशोक भूषण सहभागी हुनेछन् ।

९ नोभेम्बर २०१९ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले राम मन्दिरको पक्षमा फैसला गरेको थियो । प्रधानन्यायाधीश चन्द्रचुडबाहेक यस बेन्चमा तत्कालीन प्रधानन्यायाधीश रञ्जन गोगोई, पूर्वन्यायाधीश एसए बोबडे, पूर्वन्यायाधीश अशोक भूषण र पूर्वन्यायाधीश एस अब्दुल नजीर थिए । टाइम्स अफ इन्डियाका अनुसार पूर्वन्यायाधीश अशोक भूषणबाहेक अन्य न्यायाधीश यस कार्यक्रममा उपस्थित हुने छैनन् ।

 

रामको ससुराली जनकपुरधाम राममय

जनकपुरधाम उपमहानगरपालिकाले राममन्दिरको प्राणप्रतिष्ठाको दिन नगरवासीलाई दिपोत्सव गरेर मनाउन अपिल गरेको छ । उपमहानगरले सूचना जारी गर्दै भारतको अयोध्यामा सोमबार हुने राम मन्दिर प्राणप्रतिष्ठाका दिन जनकपुरधामका सम्पूर्ण नागरिकलाई दिपावली मनाउन र राम तथा जानकी मन्दिरमा उपस्थित भई दिप प्रज्वलन गर्न अपिल गरेको हो । महानगरले भारत र नेपालबीचको सम्बन्ध सदियौं पुरानो रहेकाले जनकपुरधामबासीका लागि पनि जनवरी २२ निकै महत्वपूर्ण रहेकाले दिपोत्सव गर्न आग्रह गरेको हो ।

यसैगरी, सोही दिन सवा लाख दियो बालिने भएको छ । राम मन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ । जानकी मन्दिरका उत्तराधारी महन्त रामरोशन दासका अनुसार राममन्दिरको प्राणप्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिनेछ ।

 

नेपालबाट ककसलाई निमन्त्रणा छ ?

प्राणप्रतिष्ठामा नेपालबाट करिब ३ सय जनाको सहभागिता हुने बताइन्छ । विश्व हिन्दु परिषद् नेपालका अध्यक्ष टीकाबहादुर पहारीका अनुसार धार्मिक प्रतिष्ठानमा रहेका महन्त र स्वामीलाई प्राणप्रतिष्ठानमा बोलाइएको छ ।

नेपालमा रहेका सम्बन्धित महन्त, सम्प्रदाय र अखडालगायतलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रले निम्ता दिइरहेको बताइन्छ । हिन्दु स्वयंसेवक संघ नेपालको कोशी संभाग, विराटनगरका प्रचारक मुकेशकुमार साहका अनुसार त्यस प्रदेशमा चार जना सन्तलाई निम्ता दिइएको छ ।

उनले विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, सुनसरीको चतरास्थित स्वामी बालसन्त मोहनशरण देवाचार्य, चतराकै स्वामी सिद्धबाबा र झापाको शिवसताक्षी धामका पीठाधीश स्वामी नन्दकिशोर भारद्वाजलाई प्राणप्रतिष्ठामा सहभागी हुन निम्ता हस्तान्तरण गरिएको जानकारी दिए । त्यस्तै पशुपतिनाथ र जानकी मन्दिरका महन्तका साथै धार्मिक गतिविधिमा सक्रिय र योगदान दिएका व्यक्तिलाई पनि निम्ता आएको बताइएको छ । हिन्दीमा लेखिएको पत्रमा माघ ७ गतेअघि नै पुग्ने योजना बनाउन आग्रह गरिएको छ । जति छिटो पुग्यो त्यति सुविधा हुने भन्दै पत्रमा ढिलो गर्दा झन्झटको सामना गर्नुपर्ने हुनसक्ने उल्लेख छ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत रायको हस्ताक्षर रहेको निम्तापत्रमा भनिएको छ, ‘हाम्रो प्रबल इच्छा छ कि तपाईँ यस पुनीत अवसरमा अयोध्यामा उपस्थित भएर प्राणप्रतिष्ठाको साक्षी बन्नुहोस् र महान् ऐतिहासिक दिवसको गरिमा अभिवर्धन गर्नुहोस् ।’

 

नेपालमा के छ तयारी ?

हिन्दु स्वयंसेवक संघ नेपालले नेपालभरका ५ हजार मन्दिरमा त्यो दिन मध्याह्न १२ बजेदेखि १ बजेसम्म सत्संग भजनकीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दुहरूले दीप उत्सव गर्न आह्वान गरिएको जनाएको छ । त्यस्तै नेपालको बत्तीसपुतलीमा रहेको मन्दिरमा सोमबारकै दिन रामको मूर्तिको प्राणप्रतिष्ठान गर्ने तयारी गरिएको छ ।

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटनका अवसरमा अर्घाखाँचीको सिद्धेश्वर शिवालय र शान्ति बगैंचाको १ सय ८ गणेश पाञ्चायन मन्दिरमा जय जयकार र दीप प्रज्वलन गरिने भएको छ । पाँच सय वर्षपछि भारतको अयोध्यामा प्रभु श्रीरामको मन्दिर बनेर भोलि प्राणप्रतिष्ठान र उद्घाटनको खुसियालीमा सिद्धेश्वर शिवालयमा दीप प्रज्ज्वलन र श्री रामको जयजयकार गरिने भएको छ ।

 

के छ ? रामसँग नेपालको सम्बन्ध

अयोध्या नेपालको पनि धार्मिक समुदायसँग गाँसिएको भूमि हो । यसको सिधा सम्बन्ध भगवान राम र जानकी (सीता)सँग गाँसिएको छ । ५ सय वर्ष पुरानो इतिहास बोकेको अयोध्याको राम मन्दिरको यो आधुनिक ‘प्राणप्रतिष्ठा’मा नेपालका धेरै धार्मिक अगुवारू उत्साहित यस कारण पनि हुनु स्वाभाविक हो ।

जानकी भूमि जनकपुर र राम भूमि अयोध्याको यो साइनो धर्मले मात्रै नभएर वैवाहिक साइनोले पनि गाँसिएको छ । हरेक वर्ष विवाह पञ्चमीमा ‘जन्ती’ लिएर जनकपुर आउने अयोध्या होस् चाहे ‘शुभकार्य’हरूमा ‘कोसेली’ पठाउने जनकपुर । यो साइनो नेपाल–भारत सम्बन्धमा अर्को एउटा आयाम पनि हो ।

 

राम मन्दिरको इतिहास र मूर्ति प्रकट

सन् १९४९ को डिसेम्बर २३ को बिहान राम जन्मभूमिका चौकीदार अब्दुल बरकतले घण्टको चर्को आवाज र भजन सुने । उनी स्वतस्र्पmूर्त रूपमा बाबरी मस्जिदतर्फ तानिए । त्यहाँ उनले चम्किलो प्रकाश देखे । चमकसँगै उनले ४–५ वर्षको भगवान् जस्तै देखिने सुन्दर बालकको चित्र देखे । मस्जिदभित्र सिंहासनमा राखिएको रामको मूर्तिको आरती गरिरहेका हिन्दुहरूको भीड पनि देखे । ४–५ वर्षका ती बालक राम भगवान् थिए । राम प्रकट हुनु राम जन्मभूमि र बाबरी मस्जिद विवादको ४९१ वर्षको इतिहासको सबैभन्दा महत्वपूर्ण घटना साबित भयो ।

 

मस्जिदमा विवाद रोकियो

त्यसपछि मुस्लिमले रामको त्यो मूर्तिको चमत्कारमाथि प्रश्न उठाए अनि अयोध्याको हनुमानगढी मन्दिरका महन्त अभिराम दासमाथि ९ इन्चको मूर्ति राखेको आरोप लगाए । जिल्ला मजिस्ट्रेट केके नायर र सिटी मजिस्ट्रेट गुरु दत्त सिंहलाई मूर्ति हटाउन भनियो । तर, उनीहरूले प्रधानमन्त्री जवाहरलाल नेहरू र उत्तर प्रदेशका मुख्यमन्त्री जीबी पन्तलगायत उच्च अधिकारीको अवज्ञा गरे । राज्य सरकारले त्यसपछि मस्जिद बन्द गरिदियो । हिन्दुहरूलाई बाहिरबाटै रामको पूजा गर्न अनुमति दिइयो ।

त्यसपछि मुद्दा मामिलाको क्रम सुरु भयो । हिन्दु पक्षबाट दिगम्बर अखाडाका प्रतिनिधिहरू सन् १९५० मा अदालतको ढोका ढकढक्याउन पुगे । त्यसपछि १९५९ मा निर्मोही अखाडाका प्रतिनिधि अदालत पुगे । सन् १९६१ मा सुन्नी सेन्ट्रल वक्फ बोर्डले मस्जिद र त्यस आसपासको चिहानमाथि दाबी ग¥यो । त्यसपछि १९८९ को जुलाईमा राम जन्मभूमिले मस्जिद हटाउने माग राख्दै विवादित जमिन फिर्ता माग्यो । इलाहाबाद उच्च अदालतले रामललाको दाबीलाई आंशिक रूपमा स्वीकार ग-यो । निर्मोही अखाडा र सुन्नी सेन्ट्रल वक्फ बोर्डलाई २ दशमलव ७७ एकड जमिनको एकतिहाइ दिनु अघि धेरै वर्ष बिताइदियो । अन्ततः सर्वाेच्च अदालतले सन् २०१९ को नोभेम्बर ९ मा आफ्नो फैसलामा सम्पूर्ण जग्गा राम जन्मभूमिलाई दियो । यो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता दियो ।

 

१६औं शताब्दीमा सुरु भएको थियो राम मन्दिरको विवाद

तीन गुम्बज भएको बाबरी मस्जिद सन् १५२८ मा बनेको थियो । मुगल सम्राट बाबरका सेनापति मिर बाकीले भगवान् रामको जन्मस्थल रहेको मन्दिर भत्काएको मानिन्छ । त्यसबेलादेखि हिन्दुहरूले त्यो भूमि फिर्ता लिन खोजिरहेका थिए । सम्राट अकबरको पालामा उनका लागि राम चबुतरा बनाइएको थियो, तर उनका नाति औरंगजेबको शासनकालमा यो विवाद झनै बढ्यो । केही स्रोतका अनुसार गुरु गोविन्द सिंहको सेना पनि रामजन्मभूमिलाई मुक्त गर्न युद्धमा सामेल भएको थियो । अवधका अन्तिम नवाब वाजिद अली शाहको नेतृत्वमा ब्रिटेन निवासी मेजर जेम्स आउटरामले मस्जिदमा साम्प्रदायिक संघर्षको सूचना दिए । त्यसैले १८५९ मा, जब भारत ब्रिटिस राजको अधिनमा आयो, अदालतले मस्जिदको भित्री प्रांगण मुस्लिमलाई र चबुतर भएको बाहिरी चोक हिन्दुलाई हस्तान्तरण गरिदियो ।

मुख्य घटनाक्रम कहिले के भयो ?

सन् १५२८ः अयोध्यामा हिन्दुहरूले भगवान् रामको जन्मस्थान रहेको भनेको स्थानमा मस्जिदको निर्माण ।
सन् १८५३ः सो स्थानमा पहिलोपटक धार्मिक हिंसा भएका विवरण ।
सन् १८५९ः औपनिवेशकालीन ब्रिटिस शासकद्वारा तारबार निर्माण । भित्री स्थलमा मुस्लिमलाई प्रार्थना अनि बाहिरी भेगमा हिन्दुलाई पूजा गर्न स्वीकृति दिनेगरी व्यवस्थापन ।
सन् १९४९ः मस्जिदभित्र भगवान् रामका मूर्तिहरू देखा पर्छन् । हिन्दुहरूले ती मूर्ति राखिदिएको आशंकामाझ मुस्लिमद्वारा विरोध गरन्छि । दुवै पक्षद्वारा अदालतमा मुद्दा दायर हुन्छ । सरकारले सो स्थान विवादित भन्दै ढोका बन्द ।
सन् १९८४ः विश्व हिन्दु परिषद्को अगुवाइमा हिन्दुले भगवान् रामको जन्मस्थानलाई ‘मुक्त’ गर्न भन्दै समिति गठन गर्छन् । भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीद्वारा अभियानलाई नेतृत्व प्रदान ।
सन् १९८६ः जिल्ला न्यायाधीशद्वारा विवादित मस्जिदको ढोका खोलेर हिन्दुहरूलाई पूजा गर्न अनुमति प्रदान । मुस्लिमद्वारा विरोधका निम्ति बाबरी मस्जिद एक्सन कमिटी गठन ।
सन् १९८९ः विश्व हिन्दु परिषद्को अभियान तीव्र । विवादित मस्जिदसँगैको भूमिमा राम मन्दिरको जग निर्माण ।
सन् १९९०ः परिषद्का कार्यकर्ताद्वारा मस्जिदमा आंशिक क्षति । विवादको वार्ताद्वारा हल गर्ने तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको प्रयास अर्को वर्ष विफल ।
सन् १९९१ः उत्तर प्रदेश राज्यमा भारतीय जनता पार्टीको सरकार गठन ।
सन् १९९२ः विश्व हिन्दु परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकद्वारा मस्जिद ध्वस्त । लगत्तै देशभरि फैलिएको हिन्दु–मुस्लिम दंगामा दुई हजारभन्दा धेरै मानिसको मृत्यु ।
सन् १९९८ः प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा भारतीय जनता पार्टीको गठबन्धन सरकार निर्माण ।
सन् २००२ फेब्रुअरीः १५ मार्चको समय सीमाभित्र मन्दिर निर्माण थाल्ने विश्व हिन्दु परिषद्को चेतावनी । सयौं स्वयंसेवक अयोध्यामा भेला । अयोध्याबाट फर्किरहेका हिन्दु अभियानकर्मी चढेको रेलमा गोधरामा आगजनी हुँदा कम्तीमा ५८ जनाको मृत्यु ।
सन् २००२ मार्चः रेलमा भएको आक्रमणपछि पश्चिमी राज्य गुजरातमा भएका दंगामा अधिकांश मुस्लिमसहित दुई हजार मानिसको मृत्यु ।
सन् २००२ अप्रिलः सो धार्मिकस्थल कसको स्वामित्वमा छ भन्ने जान्न तीन उच्च अदालतका न्यायाधीशद्वारा सुनुवाइ थालनी
सन् २००३ जनावरीः अदालतको आदेशमा पुरातत्वविद्द्वारा विवादित स्थलमा भगवान् रामको मन्दिर रहे नरहे’bout सर्वेक्षण थालनी ।
सन् २००३ अगस्टः पुरातात्विक सर्वेक्षणमा त्यहाँ मस्जिदमुनि मन्दिर रहेको प्रमाण भेटिएको जानकारी । मुस्लिमद्वारा त्यसको विरोध । हिन्दु अभियानकर्मी रामचन्द्रदास परमहंसको अन्तिम संस्कारका बेला बोल्दै वाजपेयीद्वारा उनको सपना साकार पार्दै अयोध्यामा राममन्दिर निर्माण गर्ने वाचा । तर, पहिले अदालत तथा वार्ताबाटै समस्याको समाधान निस्कने आशा प्रकट ।
सन् २००३ सेप्टेम्बरः बाबरी मस्जिद ध्वस्त पार्न उक्साएको आरोपमा सात हिन्दु नेताविरुद्ध मुद्दा चलाउन एक अदालतको आदेश । तर, त्यतिखेरका उपप्रधानमन्त्री आडवाणीविरुद्ध कुनै अभियोग लगाइएन ।
सन् २००४ अक्टोबरः आडवाणीले आफ्नो पार्टीभित्र अयोध्यामा मन्दिर बनाउने अविचलित संकल्प रहेको र त्यहाँ मन्दिर निर्माण अवश्यम्भावी रहेको भनाइ ।
सन् २०१०ः इलाहावाद उच्च अदालतद्वारा विवादित जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दु समुदाय र हिन्दु सन्न्यासीको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश ।
सन् २०११ः सर्वोच्च अदालतद्वारा उच्च अदालतको फैसला स्थगन ।
सन् २०१४ः प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको पूर्णबहुमतसहित सत्तारोहण ।
सन् २०१९ः मोदीको नेतृत्वमा भारतीय जनता पार्टी पुनः विजयी ।
सन् २०१९ नोभेम्बरः भारतको सर्वोच्च अदालतद्वारा विवादित स्थलमा राम मन्दिर निर्माण गर्न बाटो खुला ।
सन् २०२० अगस्ट ५ः विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशीला राख्ने साइत तय । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।