May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली

झापा गाउँपालिकाबाट भारतीय नागरिक ४८ ग्राम ब्राउन सुगरसहित पक्राउ

  • साझा परिवेश
  • शनिबार, चैत्र २४, २०८० १0:0१
झापा गाउँपालिकाबाट भारतीय नागरिक ४८ ग्राम ब्राउन सुगरसहित पक्राउ

बिर्तामोड । झापा गाउँपालिका–१ स्थित सितुमारीबाट ४८.५५० ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले भारत किशनगज धनतोला ग्रामपञ्चायत बालुवाडी बस्ने २३ बर्षीय राहुल मण्डललाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक श्याम कुमार थापाको कमाण्डमा खटिएको मोवाईल गस्ती टोलीले भारतीय नम्बरको मोटरसाइकलमा सवार मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकमा लुकाएर ल्याउँदै गरेको सो परिमाणको ब्राउन सुगर फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका सूचना अधिकारी डीएसपी दिनेश कटुवालले जानकारी दिए ।

शुक्रबार १:०० बजे बीआर ३७ एन ५८११ नम्बरको मोटरसाइकलमा सवार मण्डलको साथबाट मोबाइल १ थान, भारतीय रुपैँया दुई हजार एक सयसमेत बरामद भएको डीएसपी कटुवालले जानकारी दिए । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले झापामा लागूऔषध विरुद्ध अभियान नै चलाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका गणपती सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले बताए ।

  • साझा परिवेश
  • शनिबार, चैत्र २४, २०८० १0:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।