May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३०, २०८० १६:0४
मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक शुक्रबारको मन्त्रीपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२औं अधिवेशन उदघाटन समारोहमा बोल्दै उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रीपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुने जानकारी दिइन् ।

उनले भनिन्,‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौं । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ । र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ ।’

उनले विज्ञापन नियमावलीमा संसोधन गरिएको भएतापनि नियमावलीमा मात्रै संशोधनले नपुग्ने अवस्था देखिएको बताइन् । विज्ञापन ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्ने भएकाले त्यसको तयारीमा जुटेको उनको भनाइ छ ।

उनले भनिन, ‘विज्ञापन नियमावलीमा संसोधन गरिएको छ । तर विज्ञापन नियमावलीमा मात्रै संशोधनले नपुग्ने देखिएको छ । ऐन नै संसोधन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी तयारी गरिरहेको छौं । विज्ञापन एजेन्सीलाई हामीले सरकार र विज्ञापन वोर्डको बीचमा भन्दा विज्ञापन वोर्डले आवश्यक परे प्रयोग गर्न सक्नेगरी हामीले व्यवस्था गरेका छौं ।’

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३०, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्