May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

काठमाडौंकाे आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १२:२९
काठमाडौंकाे आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

काठमाडौं । झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको २०८१ वैशाख ३ गते सोमबार मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको सोमबार बिहान उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वासको समस्याबाट पीडित डाँगी प्रहरीले २०८० चैत २७ गते गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने लगायत विभिन्न ४० बुँदे माग राखेर गरेको आन्दोलनमा आन्दोलनकारीलाई हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसको असरले डाँगीको स्वास्थ्य नराम्राेसँग विग्रिएको थियो ।

त्यसपछि अस्पताल भर्ना भएका डाँगीको निधन भएको हो । डाँगीको पार्थिव शरीरलाई आजै मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने राप्रपाले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट