sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘होस्टेल–३’ निर्माण गर्ने घोषणा

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ ११:२४
‘होस्टेल–३’ निर्माण गर्ने घोषणा

काठमाडौं । फिल्म ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल–३’को घोषणा गरिएको छ । म्यूजिक भिडियो निर्देशनमा स्थापित सशान कँडेलले निर्देशन गर्ने ‘होस्टेल–३’ को कथा सशानकै हो भने पटकथा माधव शर्माले लेखेका छन् ।

यसअघिका दुई फिल्म ‘होस्टेल’ र ‘होस्टेल रिटर्नस् ’को निर्माण सुनील रावलले गरेका थिए । निर्माता रावल यतिबेला अमेरिकामा छन् । निर्माता रावलले ‘होस्टेल ३’मा आफू पनि महत्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई फिल्म बनाउन अनुमति दिएका छन् । निर्माता रावलले २०७६ सालमा आफ्नै निर्देशनमा फिल्म ‘होस्टेल ब्याक अगेन’ बनाउने तयारी गरे पनि हालसम्म उक्त फिल्म बन्न सकेको छैन ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ’होस्टेल ३’ बनाउनेछ । फिल्ममा शिशिर ज्ञवाली निर्माता, शंकर कोइराला कार्यकारी निर्माता र सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता हुनेछन् ।

वि.सं. २०७० सालमा रिलिज भएको फिल्ममा ‘होस्टेल’मा हेमराज बिसी र २०७२ मा रिलिज ‘होस्टेल रिटर्नस्’ सुरज भुषालले निर्देशन गरेका थिए । ‘टीनएज ड्रामा’मा आधारित यी दुवै फिल्म बक्सअफिसमा हिट भएका थिए । ‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए ।

‘होस्टेल ३’मा ‘होस्टेल’ र ‘होस्टेल रिटर्नस्’को प्रोडक्सन सम्हालेका यमप्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन् । यसै वर्षको अन्त्यमा रिलिज गर्ने तयारी रहेको फिल्मको कलाकार र प्राविधिक चाँडै फाइनल गरिने निर्देशक कँडेलले बताए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid