May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १५:४५
भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु

भक्तपुर– भक्तपुरको दधिकोटमा रहेको एउटा गाई फार्ममा आगलागी हुँदा १० वटा गाईको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १–दधिकोट, तर्खालमा रहेको ईश्वर न्यौपानेद्वारा सञ्चालित गाई फर्ममा मंगलवार ११ बजे आगलागी भएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरले आज दिएको जानकारी अनुसार आगोमा जलेर १० वटा गाईको निधन हुनुका साथै गाई पाल्न बनाइएको टहरा तथा भाँडाकुँडासमेत गरी १८ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

दधिकोटका प्रहरी तथा स्थानीय वासिन्दाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।