July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गगन थापाले रवि लामिछानेलाई भावनाको व्यापार गरेको लगाए आरोप

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:२८
गगन थापाले रवि लामिछानेलाई भावनाको व्यापार गरेको लगाए आरोप

चितवन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भावनाको व्यापार गरिरहेको आरोप लगाएका छन्। संविधानले नै ब्यवस्था नगरेको दोहोरो नागरिकताको मुद्दामा दलहरूलाई दोष दिएर उनले जनतालाई भम्र छरेको थापाको भनाइ छ।
उपनिर्वाचनको क्रममा कालिका नगरपालिकाको क्लब चोकमा आयोजित चुनावी सभामा बोल्दै परीक्षणको क्रममा पाँच वर्ष खेर जान दिन नहुने भन्दै भावानामा नबग्न उनले सबैलाई आग्रह गरे। ‘चितवन–२ का मतादाता भावनात्मक ब्यापारमा बहकिनुहुन्छ कि तथ्यमा टेकेर निर्णय गर्नुहन्छ। उपनिर्वाचन किन हुँदैछ भनेर कुनै दल नबनी स्वतन्त्र बहस गर्नुस् अनि निर्णय गर्नुहोस् त,’ उनले भने।

महामन्त्री थापाले देश बिरामी परेको भन्दै अबको पाँच वर्ष खेर जान नदिने बताए। उनले सरकारमा सहभागी भए पनि प्रश्न गर्न आफू पछि नपर्ने बताए। उनले पार्टी कार्यकर्तालाई आफ्नो उम्मेदवारलाई जिताउन आह्वान गरे।
’बरु भोटै हाल्दिन भन्न पाइन्छ। तर पार्टीमा बसेर बाहिर बाहिर रुख भन्ने भित्र भोट नहाल्ने काम राम्रो हुँदैन। मनमा हरि छ भने अरुले नदेखेपनि हरिले देख्छन्,’ उनले भने, ’पार्टीको नीति र निर्णयको विषयमा तपाईँको प्रश्न होला। त्यसको सके उत्तर दिउला नसके सँगै लडौला । तर यो पाँच वर्ष खेर जान दिनु हुँदैन।’

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट