April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १३:४१
पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ

इलाम-२ काे उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन याेङहाङ लिम्बुले आगामी दिनमा पनि भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

पराजयपछि आफूलाई मतदान गर्ने इलामेली जनतालाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘इलाम र इलामेली जनताको हरेक सुख र दुःखमा मेरो सहभागिता रहनेछ। इलामको विकासमा र इलामेली जनताका इच्छा, आकांक्षा पूरा गर्ने सन्दर्भमा मबाट सदा इमान्दार प्रयत्न हुनेछ,’ मिलनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौँ।’

शनिबार भएकाे इलाम-२ काे उपनिर्वाचनमा मिलनले जमानत नै जफत हुने गरी नमिठाे हार व्यहाेरेका थिए। एमालेका उम्मेदवार सुहामङ नेम्वाङले जिते निर्वाचनमा उनी पाँच हजार मत कटाएर चाैथाे स्थानमा छन्।

प्रेस विज्ञप्ति :

हार्दिक आभार एवम् धन्यवाद !
प्रिय इलामेली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु !
सर्वप्रथम यहाँहरु सबैमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु।

नेपालको राजनीतिक प्रणालीलाई थप सुदृढ गर्न र दलीय प्रतिस्पर्धासहितको लोकतन्त्रलाई मजबुद पार्न यहाँहरुले गर्नुभएको मतदान आफैमा एउटा बलियो आधारस्तम्भ हो भन्ने मलाई लागेको छ।

निश्चय पनि निर्वाचनको प्राविधिक पक्ष प्रतिस्पर्धीहरुमध्येबाट एक जनाले श्रेष्ठता हाँसिल गर्ने प्रणाली हो।

चुनावी मैदानमा हामी प्रतिस्पर्धीहरु मध्येबाट विजयी हुनुहुने सुहाङ नेम्बाङले प्रतिस्पर्धा जित्नुभएको छ। उहाँलाई म र मेरो पार्टीको तर्फबाट हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।

राजनीतिक रूपमा संघीय संसदमा इलाम-२ को प्रतिनिधिविहीनता अन्त्य भएको छ। त्यसको श्रेय तपाई हमी सबै इलाम-२ वासीलाई जान्छ। यसर्थ, यस उपनिर्वाचन हमी सबैको निम्ति उत्साह र खुशीको पल हो।

निर्वाचन प्रचार प्रसारका दौरान मलाई र मेरो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनतामाझ पुर्याउन अहोरात्र खट्नु हुने पार्टीका सभापति, उपसभापति, केन्द्रीय नेतृत्व लगायत नेता, कार्यकर्ताज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछु। मलाई मुठ्ठी दान गरेर सहयोग गर्नुहुने, नैतिक, प्राविधि र अन्य किसिमले सहयोग गर्नुहुने सबैमा एकपुष्ट आभार र धन्यवाद व्यक्त गर्दछु।

मलाई र मेरो पार्टी रास्वपालाई विश्वास गरेर मतदान गरिदिनुहुने सम्पूर्ण मेरा मतदाता र इलाम-२ का आम मतदाताप्रति कृतज्ञ छु र रहिरहने छु। मैले उम्मेद्वार हुँदैगर्दा नै भनेको छु– म निर्वाचनमा विजयी हुँदा वा नहुँदा पनि सदा तपाईहरुको साथमा हुनेछु।

इलाम र इलामेली जनताको हरेक सुख र दुःखमा मेरो सहभागिता रहनेछ। इलामको विकासमा र इलामेली जनताका इच्छा, आकांक्षा पूरा गर्ने सन्दर्भमा मबाट सदा इमान्दार प्रयत्न हुनेछ।

नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौं।

मुलुकमा सुशासन, सबैको आत्मसम्मान र सामाजिक न्यायसहितको उन्नत लोकतन्त्र, संघीय गणतन्त्रका पक्षमा काम गरिरहने छौँ।

मिलनकुमार योङहाङ लिम्बू
रास्वपा उम्मेद्वार
इलाम २, उपनिर्वाचन

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट