April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब

  • साझा परिवेश
  • बिहिबार, बैशाख २०, २०८१ 0८:१९
४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब

काठमाण्डौ – तराई मधेशका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । केही दिनदेखि तापक्रम बढेसँगै लुम्बिनीका तराई भेग र मधेश प्रदेशमा तातो हावाको लहर चलेको छ । जल तथा मौसम विज्ञान विभागले यसअघि नै सूचना निकालेर आजसम्म तातो हावाको लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको थियो । तर भोलिदेखि पनि तातो हावा चल्ने जोखिम कायमै छ ।

भोलिदेखिको अवस्थाबारे अध्ययन भैरहेको र आज बेलुकासम्म थप जानकारी दिने विभागका मौसमविद राजु प्रधानाङ्गले बताए । भैरहवा, जनकपुर, सिमरा लगायतका ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ ।

तापक्रम बढेर तातो हावा चल्दा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिन सक्छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नहिँड्न, हल्का लुगा तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, पटकपटक पानी तथा जुस, सर्वत, पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २०, २०८१ 0८:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट