काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् ।
खेल पञ्जाबको घरेलु मैदान धरमशालामा रहेको स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ । दुवै टोलीको ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेर ८ अङ्क रहेको छ ।
रन रेटका आधारमा बैंगलुरु सातौँ र पञ्जाब आठौँ स्थानमा छ । यसअघि हिजोको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराएको थियो ।