sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ १५:५0
बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ।

चालु आर्थिक वर्षको १० महिना सकिनै लाग्दा प्रदेश सरकारका मन्त्रालयको बजेट खर्च न्यून देखिएको हो।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडा मकवानपुरका अनुसार प्रदेश सरकारको विभिन्न मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत अर्थात् रु २४ अर्ब ४० करोड ७८ लाख मात्र खर्च गरेको छ।

सो अवधिमा प्रदेश सरकारको मन्त्रालयहरुले चालुतर्फ रु ११ अर्ब ४१ करोड ५२ लाख तथा पुँजीगततर्फ रु १२ अर्ब ९९ करोड २५ लाख बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु आठ अर्ब ६९ करोड ८९ लाख बजेट खर्च गरेको छ।

यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ८६ करोड, स्वास्थ्य मन्त्रालयले रु एक अर्ब ८६ करोड, सामाजिक विकास मन्त्रालयले रु एक अर्ब ६९ करोड, वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब २३ करोड २९ लाख, कृषि तथा पशुपक्षी मन्त्रालयले रु ८१ करोड नौ लाख, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले रु ६३ करोड ३६ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु १९ करोड ६५ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १७ करोड ४८ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयले रु नौ करोड ५४ लाख खर्च गरेको प्रमुख लेखा नियन्त्रक उपाध्यायले बताए।

त्यस्तै प्रदेशसभा सचिवालयले रु १४ करोड ५६ लाख बजेट खर्चको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयले जनाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ रु २६ अर्ब ४२ करोड १२ लाख, पुँजीगततर्फ रु ३५ अर्ब ७८ करोड ७८ लाख र वित्तिय व्यवस्थापनतर्फ रु ५० करोड गरी रु ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन गरेको थियो।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid