May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ १४:४0
मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने

काठमाडौँ । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भइसकेको अवस्थामा त्यो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

स्रोतका अनुसार माओवादी केन्द्रले मधेश सरकारबाट आजै मन्त्री फिर्ता बोलाउने र सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ ।

माओवादी केन्द्रका नेता एवं मधेश प्रदेश संसदीय दलका नेता भरत साहले आफूहरू केन्द्रको निर्देशनको पर्खाइमा रहेको र निर्देशन आउने बित्तिकै फिर्ता हुने बताए ।

माओवादी केन्द्रबाट मधेश सरकारमा दुई जना मन्त्री छन् । प्रदेशसभा सदस्य युवराज भट्टराई समीर उद्योग मन्त्री छन् भने संसदीय दलका नेता भरत साहलाई वन मन्त्रालयको जिम्मेवारी दिएको छ । तर साहले सो मन्त्रालय सम्हालेका छैनन् ।

मुख्यमन्त्री सरोज यादवले विश्वास मत लिने बेला माओवादी केन्द्रलाई अर्थ मन्त्रालय दिने सहमति गरेका थिए । तर वन मन्त्रालय दिएपछि माओवादी रुष्ट छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट